Subscribe Us

विश्व खेलाडी बन्न मेस्सीलाई छाड्दै नेइमार

कुमार भण्डारी
काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी र ब्राजिलियन स्ट्राइकर नेइमार जेआर अन्तत छुट्टिने भएका छन् । स्पेनिस क्लब बार्सिलोनामा यि दुई खेलाडीका जोडी खुब जमेको थियो । मेस्सी र नेइमारले एक अर्कालाई सहयोग गरेको कतिपय खेलमा छर्लंग देखिन्थ्यो । ब्राजिलका सुपरस्टार नेइमारले पनि विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा ट्रान्सफरका लागि छलफल गर्ने अनुमति पाइसकेका छन् ।
धबारको प्रशिक्षण सत्रका क्रममा टिममेटलाई आफू स्पेनिस क्लव छाड्न चाहेको बताएका थिए । बार्साका प्रशिक्षक एर्नेष्टो भाल्भर्डेले पनि सुखद भविश्यको कामना गर्दै उनलाई अनुमति दिइसकेका छन् ।
२५ वर्षीय स्ट्राइकर नेइमारका लागि बार्सिलोनाले २२२ मिलियन युरोको ट्रान्सफर मूल्य तोकेको छ र फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मिन (पिएसजी) उनका लागि त्यति मूल्य तिर्न तयार रहेको बताइएको छ ।
नेइमार सन् २०१३ मा ४८.६ मिलियन पाउण्डमा ब्राजिलबाट २४ पटकको ला लिगा च्याम्पियन बार्सासँग अनुबन्ध भएका थिए । बार्सिलोनाका लागि उनले १०५ गोल गरेका छन् र त्यसबीचमा दुई पटक ला लिगा, ३ पटक कोपा डेल रे र १ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
नेइमार आफ्नो टिमको मूख्य खेलाडी बनेर विश्व खेलाडीको पुरस्कार जित्न चाहन्छन् । तर, बार्सामा त्यो संभव छैन । किनकी बार्साका मुख्य खेलाडी भनेको अर्जेन्टिनी सुपरस्टार मेस्सी नै हुन् । त्यसैले पनि नेइमार मेस्सीको छायाँबाट टाढा रहन पिएसजी जान चाहन्छन् ।
यता,  नेइमार बाहिरिएपछि बार्साले उनको स्थानमा लिभरपुलका फिलिप काउटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ। बार्सिलोना स्टार लिओनल मेसीले आफ्ना नजिकका साथीहरुलाई काउटिन्हो यसै सिजनदेखि क्लबमा भित्रिन लागेको जानकारी गराएका छन्। स्पेनिस पत्रिका डारियो गोलले काउटिन्हो बार्सिलोनाका व्यवस्थापक इर्नेस्टो भाल्भेर्डेको पहिलो रोजाई रहेको बताएको छ।
यसअघि लिभरपुलले काउटिन्होका लागि करिब १२ अर्ब १० करोडको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको थियो। सन् २०१३ मा इन्टर मिलानबाट लिभरपुल भित्रिएपछि उनी इङ्लिस क्लबका स्टार खेलाडी हुन्। नेइमार आफूसँगै काउटिन्होलाई पिएसजी लैजान चाहन्थे। तर, बार्साले उनलाई ल्याउने पक्का भइसकेको छ ।

Post a Comment

0 Comments