Subscribe Us

सशस्त्रमा मासिक २२ लाख घोटाला ,
गाडी मर्मतका लागि गएको बजेट बाटोमै गायव

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र संस्थागत रूपमै भ्रष्टाचार हुने गरेको छ । बोर्डर आउट पोष्टका लागि जाने रकम र राशनमा यस्तो भ्रष्टचार हुने गरेको हो । 

सशस्त्र प्रहरी मूख्यालयले कार्यालय सञ्चालनका लागि पठाउने गरेको मासिक रकम बाहिनीपति, सिमा सुरक्षा कार्यालय तथा गणका गणपतिहरूले नै मिलोमतोमा अपचलन गर्ने गरेका छन । 

पूर्व क्षेत्रीय प्रहरीका प्रमूख जानकीराम भटटराई ,मध्य क्षेत्रका डिआइजी नरेन्द्रकुमार सिंह, मातहतका रविन्द्र ठाकुर सर्लाहीका एसपी, मुरारी बस्नेत महोत्तरीका एसपी, प्रेमराज पोखरेल रौतहटका एसपी, गोपाल गुरूङ सिराहका एसपी, सप्तरीका एसपी रामआधार यादव, लागयतको टिमले यसलाई संस्थागत गरिरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । 

बोर्डर आउट पोष्ट (विओपी)मा रहेका सवारी साधान लामो समयदेखि मर्मत संभार हुन नसकि थन्किएका छन् । तराइमा रहेका कार्यालयहरू लथालिंग रहेका छन । स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिएका बेला सवारी साधान मर्मत संभार नहुनु कार्यालय व्यवस्थित नहुन जस्ता कारणले केही दिन अघि मात्रै तुरून्तै कार्यालय व्यवस्थित गरी सवारी साधान मर्मत संभार गर्न निर्दैशन दिएको थियो । 

तर मूख्यालयले पठाएको सवारी साधान मर्मत खर्च विओपीका प्रमूखले नपाएपछि ती साधान मर्मत हुन नसकि थन्किएका हुन् । सशस्त्र प्रहरी बल मूख्यालयलले हालै परिपत्र गरी मर्मत गर्न बाँकी रहेका सबै सवारी साधान सुचारू गर्न निर्देशन दिएको भएपनि पठाएको पैसा सीमा सुरक्षा कार्यालयका हाकिमले नै राखेपछि मर्मत गर्न नसकिएको भन्दै मुख्यालयलाई मौखिक जवाफ पठाएका थिए । 

यसरी केन्द्रबाट विओपीका लागि गएको रकम मासिक २२ लाख हुने गरेको छ । सो पैसा विओपी प्रमूखकहाँ पुग्दैन । मूख्यालयले जो मौखिक जवाफपछि सम्बन्धित बाहिनीपतिहरूलाई आ आफ्नो क्षेत्र मातहतका सबै निकायमा रहेका सवारी साधान चुस्त राख्न निर्देशन दिएको थियो । तर विओपीहरूले भने पैसा नपाएकाले सवारी साधान चुस्त राख्न नसक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार ८७ वटा विओपीलाई मूख्यालयले प्रत्येक महिना २६ हजार पठाउने गरेको छ । तर त्यो रकम सीमा सुरक्षा कार्यालय तथा सम्बन्धित बाहिनीपतिहरूले विओपीमा नपठाउदा ती सवारी साधान मर्मत संभार हुन नसकेका हुन् । 

विओपी प्रमूखका अनुसार भरपाहीमा सही गराएर रकम भने बाहिनी पति गुल्मपति र सिसुकाका हाकिमले बाडेर खाने गरका छन् । त्यसको केही हिस्सा मूख्यालयका हाकिमसम्म आइपुग्ने गरेको उनीहरूको दाबी छ । मूख्यालयले विपद व्यवस्थापन तथा प्रदेश २ को चुनावलाई लक्षित गरेर सबै सवारी साधान मर्मत गरी चालु अवस्थामा राख्न निर्देशन दिएको हो । 

मूख्यालयले पठाएको इन्धन खर्च र मर्मत खर्च अनुसार विओपीले सवारी साधान मर्मत नगरेको पाइएपछि सो गोप्य रूपमा सो निर्देशन दिएको थियो । तर त्यो अझै कार्यान्वयन हुन सकेको छैन । सीमा सुरक्षा कार्यालय तथा बोर्डर आउट पोष्टमा रहेका अत्यावश्यक सवारी साधानहरू मर्मतको खर्च सम्बन्धित कार्यालयमा पठाइएपनि चुस्त दुरूस्त बनाउन केन्द्रीय मूख्यालयले पत्रचार गरेपछि केही विओपी प्रमूखहरूले मौखिक रूपमा सो पैसा आफूहको हातमा नपरेको उजुरी गरेका थिए । 

उनीहरूले त्यसो भन्न पाउदैन नदिएको भए कुन सिमा सुरक्षा कार्यालयले दिएका वा कुन निकायले दिएन त्यो विषयमा तुरून्तै मुख्यालयललाई उजुरी गर्नुपर्छ हामी त्यसका हाकिमलाई कारवाही गर्ने मूख्यालयले बताए पनि त्यो भनाई मूख्यालयमै सिमित हुने गरेको छ । मूख्यालयले विओपीहरूमा रहेका सवारी साधान मर्मत गरी जसरी तयारी अवस्थामा राख्न निर्देशन दिइसकिएको छ । यदि मर्मत नभए सम्बन्धित विओपीका प्रमूखहरूलाई कारवाही गरिनेछ भने पनि त्यो विषयमा सम्बन्धित बाहिनीपतिहरूलाई भने कुनै निर्देशन दिएको छैन । 

मर्मत संभारका लागि दिइएको रकम उनीहरूले बुझेको भरपाही हुनेछ रकम पाइएन भनेर पन्छिन पाइदैन भनेर मूख्यालय पन्छिन खोजिरहेको छ । स्रोतका अनुसार २ नं प्रदेशमा रहेका सबै विओपीका सवारी साधान सुचारू गर्ने अवस्थामा छैनन् । विओपी प्रमूखहरूले कोही कसैसँग मागेर मर्मत संभार गर्नुपर्ने अवस्था आएको भन्दै केन्द्रमा मौखिक रिपोटिङ गरिसकेको भएपनि मूख्यालयले लिखित उजुरी मागेको छ । 

‘आन्तरिक खर्च व्यवस्थापनका लागि कतिपय सन्दर्भमा राशनबाट बचाएर चलाउनुपर्ने अवस्था छ हामीलाई बाहिनी पति र माथिल्लो निकायका प्रमूखले त्यसैगरी चलाउन आदेश दिएका हुन्छन’, विओपी प्रमूखले भने । उनका अनुसार तराईमा आएको प्राकृतिक विपत्ति बाढी पहिरोका कारण कतिपय विओपी कार्यालय समेत अस्तव्यस्त भएकाले सञ्चालनमा समेत कठिनाई उत्पन्न भएको छ । 

सो गुनासोपछि मूख्यालयले केही दिन अघि सवारी साधान दुरूस्तै हालतमा नराख्दा सशस्त्र प्रहरी बल नेपाल परिचालनमा गम्भीर असर पर्न सक्ने हुदा मर्मत संभार सम्बन्धी निर्धारित बजेट सम्बन्धित यूनिट, तह, वेश, विओपीमा पठाउन निर्देशन दिएको छ । तर त्यो रकम भने बाहिनीपति, गणपतिहरूले एकाउण्टबाट मिलाएर आफै राख्ने गरेको पनि स्रोतले दावी गरेको छ । 

Post a Comment

0 Comments