Subscribe Us

आफुलाई पुच्छर, क्रान्तिकारीलाई टाउको

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दबाबमा नेपाल पत्रकार महासंघको नेतृत्व माओवादी निकटको प्रेस सेन्टरलाई दिने निर्णय गरेका छन् । 
नेपाल पत्रकार महासंघमा हालसम्म दुई कार्यकाल वाहेक सबै महाधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी खेमाले नेतृत्व लिँदै आएको थियो । तर, मुल पार्टीको योजना अनुसार युनियनले यसपाली टाउको क्रान्तिकारीलाई दिएर पुच्छर समात्ने भएको छ । धेरैले यसको विरोध गर्दै पुच्छर समातेर वैतर्णी तर्न नसकिने बताएका छन् ।  

तर प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहालको दबाबमा पहिलो पटक प्रेस सेन्टरलाई नेतृत्व दिने निर्णयमा पुगेका हुन् । त्यसकालागि प्रधानमन्त्री देउवाले कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महत, सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र पूर्ब सञ्चार मन्त्री डा. मिनेन्द्र प्रसाद रिजाललाई प्रेस सेन्टरसँग तालमेल गर्ने जिम्मेवारी दिइएको छ । 

जिम्मेवारी तीन नेतालाई दिइए पनि देउवाले पार्टीका शीर्ष नेताको बैठकमा नैं प्रेस सेन्टरलाई नेतृत्व दिने वताएका थिए । देउवाको निर्देशनमा पार्टीका तीन नेताले माओवादी केन्द्रलाई अध्यक्ष र समाबेसी उपाध्यक्ष र कोषाध्यक्षमध्ये एक पद दिने भएको छ । तर प्रेस सेन्टरले समावेसी उपाध्यक्ष, कोषाध्यक्ष र खुल्ला सचिव माग गरेको छ । 

नेपाल पत्रकार महासंघमा प्रेस युनियनका सदस्यहरूको सख्या एमाले निकटको प्रेस चौतरी सरह छ । तर आफूभन्दा सानो संगठनलाई नेतृत्व दिन पार्टी नेतृत्वले दबाब दिए पछि प्रेस यूनियनमा असन्तुष्टी बढेको छ । महासंघमा अध्यक्षको आकांक्षी भएका पोषण केसी, रामप्रसाद दाहाल, राजमजी दाहाल,  बिपुल पोखरेल, सालिक सुवेदी  र रमेश विष्ट आकांक्षी छन् । बिष्टले प्रेस यूनियनले नेतृत्व नपाएमा स्वतन्त्र ढंगले उठ्ने चेतावनी दिएका छन् । 

यूनियन र सेन्टरबीचको सहमतिमा यूनियनले उपाध्यक्ष, महासचिव र ६० प्रतिशत बढी केन्द्रीय सदस्य लिने भएको छ । सहमति अनुसार यूनियनको तर्फबाट उपाध्यक्षमा बिपुल पोखरेल, रामप्रसाद दाहाल र रामजी दाहालले दबी गरेका छन् । तर पार्टी नेतृत्वले तीनमध्ये दुईलाई उपाध्यक्ष र महासचिव बनाउने निश्चित छ । 

Post a Comment

0 Comments