Subscribe Us

जब राजाले इश्वर पुकारे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले इश्वर पुकारेका छन् । उनले जनताका लागि इश्वर पुकारेका हुन् । उनले तराईमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । 

पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति र्पुयाएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’

बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरूकता देखाउनुपर्ने उल्लेख गर्दै ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारूकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ’ विज्ञप्तिमा भनिएको छ । सहायताका लागि हिमानी ट्रष्टले तयारी गरिरहेको पूर्वराजा ज्ञानेन्द्रको निजी सचिवालयका फणि पाठकले बताए । 

Post a Comment

0 Comments