Subscribe Us

को हुन १५ किलो सुनका असली मालिक ? अनसुन्धान गर्दै सिआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले  अबैध रुपमा चीनबाट भित्रिएको १५ किलो सुन सहित सुनका भरियालाई पक्राउ गरेको छ । सिआईबीको टोलिले उक्त परिमाणको सुन सुनसहित सात जनालाई  पक्राउ गरेको हो । 
काठमाडौं टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन बरामद  भएको सिआइबीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशि गाउंपालिका १ घर भई हाल काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं ११ बस्ने बर्ष २६ को पेम्बा दोर्जे शेर्पा, भक्तपुर सिरूटारका ३८ बर्षिय दिपेन्द्र थापा, बानेश्वर बस्ने बर्ष ३९ को सरोज थापा, काभ्रे, पांचखालका ३८ बर्षीय बिष्णु गौतम, भक्तपुर सुर्यबिनायकका ३४ बर्षीय राजेन्द्र खत्री, ३४ बर्षीय रबिन खत्री, र धनुषा जनकपुर उपमहानगरपालिका वडा नं ७ का ३८ बर्षीय दिपक कुमार शाह रहेका छन् । 

यि मध्य सुन भरियाका नाईके शेर्पा भएको सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ । शेर्पा राजधानीमा कहलिएका सुन तस्करका बिश्वासिला भरिया हुन । तस्करले उनै शेर्पा मार्फत सुन केरुङ नाकाबाट काठमाडौं ल्याउने र बिभिन्न पसलमा बेचबिखन गर्दै आएका थिए । 

स्रोतका अनुसार मूल्यमा गिरावट आएपछि उक्त सुन भारत लैजान घरमै राखिएको थियो । गाडी चलाउँदै आएका शेर्पा सुन तस्करसँग मिलेर बिगत तिन बर्ष देखी सुनको भरिया गर्दै आएका थिए । सिआईबी प्रमुख डिआईजी पुस्कर कार्कीले तस्करीमा सगलग्नको अकुत सम्पत्ती पनि छानबिन हुने बताए । उनले भने, जरो सम्म गएर अनुसन्धान गर्छै सुनका पर्दा पछाडी रहेका मालिक पनि अनुसन्धानको दायरामा ल्याउँछौं । ६ महिनाको अबधिमा प्रहरीको बिभिन्न यूनिटले ७० किलो सुन बरामत गरीसकेको छ । 

 त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन पक्राउको केही दिन अगाडी केरुङ नाकाबाट आएको सात किलो सुन अपराध महाशाखाले बरामत गरेको थियो । सात किलो बरामत भएको एक महिना पश्चात सिआईबीले ३४, बालाजु बृत्तले १५ किलो अबैध सुन बरामत गरेको थियो । पछिल्लो समय केरुङ नाकालाई आधार बनाएर सुन तस्करी गर्ने दुई दर्जन गिरोह सक्रिय रहेका छन् । 



Post a Comment

0 Comments