Subscribe Us

१५ मंसिरबाट ‘साढे ७’

काठमाडौं । मंसिर १५ देखी काठमाडौंलार्ई  साढे ७ े ले सताउँने भएको छ । साम्तेन भुटीयाले काठमाडौंमा साँढे ७ छिराउन लगेका हुन । 

साढे ७ को  ट्रेलर सार्वजनिक गर्दै निमार्ण पक्षले १५ मंसिरबाट प्रदशनमा ल्याउने जानकारी गराएका हुन । 

नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई र उसले देखेको घटनालाई मुख्य बिषय बस्तु बनाईएको फिल्म साढे ७ लाई साम्तेन भुटीयाले निर्देशन गरेका हुन । 

फिल्ममा फोटो पत्रकारको मुख्य भूमिका गायक सत्यराज आर्चायले गरेका छन् । फिल्ममा सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङ्देल, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगाएतको मुख्य भूमिका रहेको छ । स्वरुप आर्चाय, सत्यराज आर्चाय, सुनील थापा, नरेशदेब पन्त, डिजे सन्तोष र निर्देशक भूटियाको लगानी छ । 

त्यस्तै फिल्ममा युवा व्यापारी राजु बोगटी, अन्जु श्रेष्ठ, दिपा ढुंगेल एलबी टण्डन र बिशाल चाम्लिङ सह निमार्णताका रुपमा छन् । फिल्मका सहनिर्माता बोगटी युवा व्यवसायी हुन । निमार्ण क्षेत्रमा सक्रिय बोगटीले चलचित्र उद्योगमा समेत हात हाल्न सुरु गरेका छन् । यो फिल्मबाट केही अनुभब बटुलेर चाँडै अर्को फिल्म बनाउने सोचमा बोगटी रहेका छन् । 

‘साढे सात’को ट्रेलरमा गायक आचार्य र मेनुका प्रधानको केमेष्ट्रि देखाइएको छ । चलचित्रमा गायक आचार्य पत्रकारको भुमिकामा देखा परेका छन् । ट्रेलरमा नाकाबन्दीको समयमा देखिएको देशको अवस्थालाई चित्रण गरिएको छ । 

आफ्नो अनुभवको साथै नाकाबन्दीको समयमा नेपालीहरुले भोगेको कथाको साथै पत्रकारले देखेको, भोगेको समाजलाई चलचित्र ‘साढे ७’मा राखिएको निर्देशक भुटियाले बताए । 

सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे सात’मा सत्यराज र मेनुकाको साथै सुनिल थापा, कामेश्वर चौरासियाको मुख्य भुमिका रहेको छ ।

Post a Comment

0 Comments