Subscribe Us

यि हुन सुन तस्करीका नाईके

 काठमाडौं । नेपाल प्रहरीले बिभिन्न स्थानबाट अबैध सुन बरामत गर्न थालेपछि सुन तस्करका नाईकेहरु छटपटाउन थालेका छन् ।

पछिल्लो एक बर्षको अबधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामत गरेपछि तस्करहरु छटपटाउन थालेका हुन । 

प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वमले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् । 

एक बर्षको अबधिमा प्रहरीले बरामत गरेको बराबरको सुन भरिया र क्यारिङवालाले बेपत्ता बनाएको चर्चा यतिखेर तस्करबिच चल्न थालेको छ । नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् । 

घ्याम्चोको सुन पटक पटक बरामत भएपनि उनि भने कानुनको कमजोरीको फाईदा उठाउँदै उम्कन सफल भएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामत गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामत गरेका ८ किलो सुनका मालिक घ्याम्चो थिए । तर उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिएपनि राजश्व अनुसन्धान बिभागले जोगाएको थियो । 

तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुबेदीले जोगाएका थिए । तिनै घ्याच्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् । उनको सुन क्यारिङ सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा लगाएत एक दर्जनले गर्दै आएका छन् । स्रोतका अनुसार पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार छन् । स्रोतका अनुसार भरिया शेर्पा भारतको दिल्लीमा छन् । 

त्यस्तै सुन तस्करका अर्का नाईके हुन सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा तस्करीबाटै करोडपती बनेका हुन । शेर्पा अहिले बौंद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायतको फिटनेश क्लबमा शारिरिक ब्यायमको लागि पुग्ने गर्छन । देखाउटी व्यवसायी नै केही नभएका शेर्पाको दैनिक भनेकै सुन तस्करी गर्नु हो ।  सिन्धुपालचोकका छिरिङ शेर्पा पनि सुन तस्करका टप फाईप भित्र पर्ने पात्र हुन । 

ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा ९ च १४६३ नम्बरको कालो कारमा  १८ थान सुन बरामत भएपछि छिरिङको धन्दा छताछुल्ल भएको हो । छिरिङ सहित उनका दाजुभाई साङगे शेर्पा र मिङमार शेर्पा पनि सुन तस्करका नाईके भएका स्रोतको दाबी छ । सुन तस्करी गरेकै भरमा छिरिङले स्वमभूमा बंगाला ठराएका छन् । 

लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पुर्याउने काम गर्दै आएका छन् । उता दोलखाका पेम्पा दोर्जे शेर्पाले पनि एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् । 

नबिन भन्ने राजु कुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै आएका छन् । पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यि तस्करले केरुङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । तस्करीमा बारम्बार प्रहरीको नाम जोडिदै आएपनि सुन तस्करहरुले भगबान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् । 

सामान्य चेकचाँचमा सुन बरामत हुदैन, बिना सुचना बाटोमा हिडेको गाडीलाई नियन्त्रमा लिएर ४,५ घण्टा खानतलासी गर्न सम्भब नहुने हुदा सुन तस्करी मौलाएको हो । दिनको सयौं गाडी केरुङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्य २,४ वटा गाडीबाट सुन पास हुँदै आएको छ । सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंखा लागे तस्करीकै सदस्यहरुले प्रहरीलाई खबर गर्दै आएका छन् । वा भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ । 

Post a Comment

0 Comments