Subscribe Us

एक करोड अबैध रुपैंयासहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले अबैध रुपमा लुकाई छिपाई राखिएको एक करोड भारतीय रुपैंया बरामत गरेको छ । 

महानगरीय प्रहरी बृत्त स्वयम्भूूले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गोरखाका एक महिला र एक पुरुष छन् । केही समय अगी भारतले बन्देज गरेको उक्त रुपैंया सटही गर्न ग्रहाक खोज्दै गर्दा उक्त रकम बरामत गर्न स्वयम्भूू प्रहरी सफल भएको हो ।

 पाँच सय र हजार नाृेटको बिटामा रहेको उक्त रकम नेपालीमा एक करोड आठ लाख हुन आउँछ । 

बन्देज गरिएको यति ठूलो रकम काँहाबाट आयो भन्ने बिषयमा अनुसन्धान भईरहेको बृत्तका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । 

Post a Comment

0 Comments