Subscribe Us

दिपकले पाए न्याय, उच्च अदालतबाट सफाई

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कर्मचारी दीपक मुडभरीले सफार्इ पाएका छन् । वीरमा छैटौं तहमा कार्यरत मुडभरीले उच्च अदालत पाटनबाट सफाई पाएका हुन् । उच्च अदालतका न्यायधिश प्रेमराज कार्की र शेखर पौडेलको सयुक्त इजालसले मुडभरीलाई सफाई दिएको हो । 

२०७१ माघ २६ गते डाक्टर मनोज कुमार शाहले राजेश कहर, रवि पौडेल र दिपक मुडभरी विरुद्ध प्रतिष्ठानको एमडी भर्नामा किर्ते कागज देखाएर ६० लाख ठगि गरेको भन्दै महानगरिय अपराध महाशाख काठमाडौंमा उजुरी गरेका थिए । तर, ठगी र किर्तेमा कुनै पनि संलग्नता नरहेका मुडभरीलाई काठमाडौं जिल्ला अदालतले जरिवाना गरेपछि उनी उच्च अदालतको शरणमा पुगेका थिए । 

मुडभरीसँगै ठगीका आरोपी राजेश कहर र रवि पौडेलले पनि सफाई पाएका छन्। तत्कालीन प्रहरी प्रमुख पुस्कर कार्कीले मुडभरिलगायतलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतले किर्तेमा सफाइ दिएर ठगिमा जरिवाना गरेको थियो । मुडभरी वीर अस्पताल कर्मचारी युनियनका सचिव एवम् नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्य कर्मीसंघका महासचिव समेत हुन् । 

यसअघि काठमाडौं जिल्ला अदालतले किर्त कागजात र नक्कली छाप प्रकरणमा मुडभरीको संलग्नता नरहेको भन्दै सफाइ दिएपनी मुडभरी ठगीमा समेत आफ्नो संलग्नता नरहेको भन्दै उच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

Post a Comment

0 Comments