Subscribe Us

यस कारण प्रहरीको निशानामा परे फिस्टे डन

काठमाडौं । उपत्यकामा जन्मिदै गरेको एक टोले गुण्डालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।  

काठमाडौंको पेप्सीकोलाबाट फिस्टे नामले कुख्यात टोले गुण्डा रामेश्वर गौतमलाई  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै २ राउण्ड गोली चलाएपछि प्रहरीको जावाफी कारवाहीमा फिस्टे घाईते भएको महाशाखाले जनाएको छ । 

फिस्टे पछिल्लो समय चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य रहेको प्रहरीको दाबी  छ । 
                 को हुन फिस्टे

फिस्टे पछिल्लो समय राजनीतिक आबरणमा भक्तपुर क्षेत्रमा गुण्डागर्दीमा सक्रिय व्यक्ति हुन ।  जो भक्तपुर सानोठिमीको प्रहरी कै मिलोमतोमा गुण्डागर्दी र असुरी धन्दामा सक्रिय हुन थालेका छन् । अपहरण मुद्दामा ६ बर्ष कैद भुक्तान गरी ५ वर्ष अगाडी रिहा भएका फिस्टे नामले चिनिने रामेश्वर गौतम अहिले भक्तपुर सानो ठिमीका जुनियर प्रहरीदेखि डिएसपीसम्मलाई हातमा लिएर गुण्डागर्दीमा संलग्न हुँदै आएको आरोप स्थानियको छ । 

एक महिना अगाडी भक्तपुर दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा नेपाल बिद्यार्थीसंघले गरेको एक कार्यक्रम बिथोल्न गुण्डाको जमात लिएर पुगेका फिस्टेले उल्टै बिद्यार्थीको कुटाई खाएका थिए । बिद्यार्थी संघकै अर्को प्यानलको पैसा लिएर फिस्टे कार्यक्रम बिथोल्न कलेज पुगेका थिए । तर, आफैले बिद्यार्थीको राम धुलाई भेटेपटि प्रहरी बोलाएर उनले केही नेपाल विद्यार्थी संघका नेता र बिद्यार्थीलाई पक्राउ गर्न लगाएका थिए । 

बृत्तमा पुगेपछि प्रहरी इन्सपेक्टरकै अगाडि फिस्टेले ति बिद्यार्थी नेतालाई गोलीले उठाइदिने धम्कि दिएका थिए । प्रहरी कार्यालय हाता भित्र प्रहरी अधिकारी कै अगाडि खुलम् खुल्ला ज्यान मार्ने धम्की दिने फिस्टेलाई प्रहरीले केही नगरेको देख्दा त्यहाँ जुनियर प्रहरी अधिकारीदेखि सिपाही हबल्दार समेत चकित बनेका थिए । 

आधा दर्जन मुद्दा खेपिरहेका फिस्टेलाई एक महिना अगाडि अपराध महाशाखाको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले पेप्सीकोलाबाट पक्राउ गरी राम धुलाई गरेको थियो । महाशाखाले गुण्डागर्दी नगर्ने शर्तमा छोडेको फिस्टेको पुनः अनुसन्धान शुरु गरेको छ । ६ महिना अगाडि धादिङमा गाडी तोडफोड गरेको अभियोग लागेका फिस्टेले अबैध हतियार समेत राख्ने गरेको सूचना महाशाखामा पुगिसकेको थियो । हतियार बोकेर हिड्ने फिस्टेसँग आज महाशाखाको टोलीको दोहोरो भिड्न्त  भएको हो । 
फिस्टेलाई दुई वर्ष अगाडि तत्कालीन डिएसपी मिरा चौधरीले समेत गुण्डागर्दीको अभियोगमा कारवाहीको दायरामा ल्याएकी थिइन् । दुई महिना अगाडिमात्र दरबारमार्ग बृत्तले समेत गुण्डागर्दीको अभियोगमा फिस्टेलाई पक्राउ गरी सार्बजनिक मुद्दा चलाएको थियो । तर पनि फिस्टे भक्तपुरतिर खुलम् खुल्ला पेस्तोलसहित हिडिरहेका थिए ।  जो आज प्रहरीको शिकारमा परे ।  

Post a Comment

0 Comments