Subscribe Us

अबैध सुनको ट्रान्जिट काठमाडौं,
सुन तस्करीमा तिन तह, कहिले पक्राउ पर्दैनन् असली मालिक

काठमाडौं । प्रहरीले राजधानीको क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिमाणको अवैध सुन सोमबार बरामद गरेको छ । 

महानगरीय अपराध महाशाखा टेकुले गोप्य सूचनाको आधारमा बा१७च ६४२७ नम्बरको गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो । 

सूचनाको आधारमा गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको महाशाखा प्रमूख दिवेश लोहनीले जानकारी दिए । २४ सै घण्टा प्रहरीको निगरानीमा रहने ठमेल क्षेत्रबाटै यति ठूलो परिमाणमा सुन बरामद भएपछि प्रहरी आफैं चकित परेको छ । 

एक पटक सुन तस्करी गर्दा पाँच किलो देखी २० किलोसम्म काठमाडौं उतारिन्छ महिनामा २० किलो मात्र काठमाडौं भित्राउन पाए तस्करलाई कम्तिमा ७० लाख फाईदा हुन्छ । यहि अनुपातमा बार्षिक रूपमा तस्करले ८ करोड चालिस लाख कमाउने गर्छन्

गाडी खोजतलास गर्दा फल्स बटम बनाई लुकाई छिपाई राखिएको अबस्थामा उक्त परिमाणको सुन बरामद भएको हो । पछिल्लो समय भूकम्पको कारण तातोपानी नाका बन्द भएपछि रसुवाको केरूङ नाकाबाट काठमाडौंमा सुन भित्रिन थालेको छ । पटक–पटक बरामद सुनले समेत रसुवा नाका सुनको तस्करको लागि सुरक्षित भएको पुष्टि हुन आउँछ ।

रसुवा प्रहरीले चेकजाँचको क्रममा केही सुन बरामद गरेपनि ठूलो परिमाणको सुन भने राजधानीका बिभिन्न प्रहरी यूनिटले बरामद गर्दै आएका छन् । एक बर्षको अबधिमा काठमाडौं प्रहरीले ६० किलोको हाराहारीमा सुन समातेको छ । सोमबार बरामद सुनले यसको तुलना एक सय पचास किलोमा पुगेको छ । 

नाका नै फितलो

जानकारहरूका अनुसार सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दुई दशकदेखि सुन तस्करी हुदै आएको छ । स्रोतको अनुसार यो नाकाबाट दैनिक सय किलो सुन राजधानी भित्रिदै आएको थियो । 

काठमाडौंलाई ट्रान्जिट बनाएको उक्त सुन नेपाली बजारमै २५ प्रतिशत खपत हुन्छन् भने ७५ प्रतिशतको व्यापार भारत हो । चीनबाट नेपाल भित्रिने कन्टेनर तथा पर्यटक बोक्ने प्रयोगमा ल्याईका स्कारपियो, बलोरो गाडीमा सुनको ओसार पसार बढी हुने गरेको छ । यस्ता गाडीमा फल्स बटम बनाएर सुनका क्यारिङवालाले सजिलै सुन राजधानी भित्राउन सफल भएका छन् । 

सुराकी बाहेक प्रहरीले सामान्य चेकजाँचमा सुन बरामद गर्न कठिन हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै स्वकार्छन् । तातोपानी नाका बन्द भए पश्चात दुई बर्ष यता रसुवाको केरूङ नकाबाट सुनको तस्करी हुँदै आएको छ । रसुवाबाट तस्करी गर्ने पनि उहि पुरानै तस्कर हुन् । 

तस्करीमा तीन तह

सुन तस्करीमा तीन तह हुने गरेको छ । सुनका मालिक, क्यारिङ वाला र भरिया । प्राय सुनका भरिया पक्राउ परेपनि सुनका क्यारिङवाला र मालिक भने बच्दै आएका छन् । प्रहरीको अनसुन्धान क्यारिङवालासम्म पुगेपनि मालिकसम्म पुग्न ग्राहो हुने गरेको प्रहरी अधिकारी नै बताउँछन् । 

सुनका भरियाको क्यारिङवालासँग मात्र कनेक्सन हुने हँुदा भरियाले मालिक नै क्यारिङवाला भएको बयान प्रहरीलाई दिने गर्छ । त्यहि आधारमा अनुसन्धान हुँदा मालिक जोगैदै आएका छन् । प्रहरीबाट पक्राउ परे क्षतिपूर्ति दिने सहमतीको कारण पक्राउ भरिया वा क्यारिङवाला आफैं मालिक भएको बयान प्रहरी समक्ष दिदै आएका छन् । सुनका मालिकले जेल बस्नुपर्ने अवधिको मूल्याकङ गरेर क्षतिपूर्ती दिने गरेको स्रोत बताउँछ । जसका कारण भरिया र क्यारिङवालाले मालिक जोगाउँदै आएका छन् । 

किन तस्करी
उग्र रूपमा सुनको तस्करी मौलाउँदै गएपनि सरोकारवाला निकाय भने मौन रहँदै आएको छ । सुन तस्करी रोक्न तथा रोकथाम गर्ने विशेष कदम नचालेपछि ति निकायकै नियत माथि प्रश्न खडा हुन थालेको छ । प्रहरीले बाहेक चोरी पैठारी भन्सार छली रोक्न सक्रिय निकाय राज्यका निकाय भने अवैध सुनको तस्करीमा निस्क्रिय झै देखिएका छन् । 

नेपाली बजारमा दैनिक ४० किलो सुन खपत हुँदै आएको व्यापारी बताउँछन् । तर राज्यले दैनिक २० किलो सुन मात्र उपलब्ध गराउँदै आएको छ । बाँकी तस्करीको सुनले बजार व्यस्थापन हुदै आएको स्रोतको दाबी छ । 

तस्करीको सुन किन्दा व्यापारीलाई समेत प्रति केजी ३ लाखसम्म फाईदा पुग्ने हुँदा सुन व्यापारी समेत तस्करीकै सुन किन्न हौसिएका छन् । यति मात्र नभए सुन तस्करलाई नेपालमा बिक्री गर्दा एक किलोमा ४ देखि पाँच लाख र भारत पु¥याउँदा पाँच लाख भारू यानिकी ८ लाख नेपाली फाईदा हुने गर्छ । 

जसका कारण सुन तस्करीमा नेपालका केही जमेका व्यापारी समेत संलग्न हुँदै आएका छन् । स्रोतका अनुसार केरूङ नाकाबाट एक सुन तस्करले सातामा एक पटक सुन तस्करी गर्दै आएका छन् । एक पटक सुन तस्करी गर्दा पाँच किलो देखि २० किलोसम्म काठमाडौं उतार्दै आएका छन् ।

महिनामा २० किलो मात्र काठमाडौं भित्राउन पाए तस्करलाई कम्तिमा ७० लाख फाईदा हुन्छ । यहि अनुपातमा बार्षिक रूपमा तस्करले ८ करोड चालिस लाख कमाउने गर्छन् । दश बर्षमा एक पटक प्रहरीको फन्दामा पर्दा पनि तस्करलाई घाटा नहुने हुँदा सुनको तस्करी मौलाएको हो । 

Post a Comment

0 Comments