Subscribe Us

यु ए ई मा नेपालीहरुको सपना पूरा गर्ने छु सलिक सुवेदी ।

२९ अगस्ट, यूएई । शालिक सुबेदी यूनाइटेड अरब ईमिरेट्स (युएई)मा कुनै नौलो नाम होइन । अजमानमा बस्ने उनी यहाँका चर्चित समाजसेवी हुन् । सुबेदी २० वर्षदेखि यूएईमा छन . कसैलाई कुनै आपत परे सुवेदी तुरुन्त हाजिर हुन्छन् । कोही नेपाली भिजिट भिसामा आएर अलपत्र परेको होस् या कम्पनी टुटेर अलपत्र परेर भोकभोकै परेको होस् सुबेदी तुरुन्त हाजिर हुन्छन् । नेपालीहरु बिरामी परेर अस्पतालमा भर्ना भएर अस्पतालको बील तिर्न नसकेका हुन् या दुर्घट्नामा परेर काम गर्न नसकी आर्थिक रुपमा कमजोर भएका हुन् उनीहरुको घाउको मलमपट्टी लगाउने कार्यमा उनै सुबेदी अग्र मोर्चामा देखिन्छन् । सन् २००६/२००७ ताका प्रतिबन्धित मुलुक ईराकमा नेपालीहरुलाई अबैध रुपमा तस्करी गर्ने तस्करहरुको निद हराम गर्ने अग्र मोर्चामा उभिनेमा पनि सुबेदी नै थिए । उनी लगायतको टिमले त्यो बेला धेरै नेपालीहरुको उद्दार गरेको थियो भने तस्करलाई दुताबासको सहयोगमा कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाएको थियो । शारजाहको क्याम्पमा कामदार अलपत्र परेको सुन्ने बित्तिकै उनी खाद्यान्न सामग्री लिएर पुगे । अजमानको क्याम्पमा नेपाली कामदारहरु काम नपाएर अलपत्र परे भन्ने बित्तिकै उनीहरुलाई लिएर सम्बन्धित निकायमा पुगे । नेपालमा बढी पीडितहरुलाई राहत पठाउनु पर्ने भएपनि उनी अग्रसर देखिन्छन् । पहाडी भुभागमा भुइचालोले ध्वस्त पार्दा सहयोगको अपील गर्दै उनी अग्रपंक्तिमै उभिएका थिए भने तराई भुभाग बाढीले ग्रस्त हुँदा पनि राहत संकलन कार्यमा जुटेकै छन् । उनले गत वर्ष मात्र यूएईको अजमानमा अन्तराष्ट्रिय ब्रान्डको कुक कनेक्ट नामक रेस्टुरेन्ट सन्चालनमा ल्याएका छन् । बिशेषगरी स्थानीय अरबिक समुदायलाई लक्षित गरी खोलिएको उक्त रेस्टुरेन्टले राम्रो ब्यापार गरे पछि उनी अझै हौसिएका छन् । नेपालबाट यूएई आउने नेपालीहरु सबै लेबर काम गर्ने मजदुर मात्र हुँदैनन् । एक सफल ब्यवसायी पनि हुन्छन् भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न सफल सुबेदीका आगामी योजनाहरु धेरै छन् । यूएईको दुबई शहरमा नेपाली फिल्म नगरिको सबै भन्दा ठूलो अवार्ड ‘नवौ नेफ्टा अवार्ड’ सम्पन्न गर्ने ब्यक्ति पनि सुबेदी नै हुन् । जन्मभूमि र कर्मभूमि दुवैको उतिकै माया यूएईमा बेलाबखत क्रिकेट, कँराते र फुटबल जस्ता ठूलाठूला खेलहरु हुने गर्दछन । नेपाली खेलाडीहरुलाई हौसला दिन उनी त्यहीँ पुगिहाल्छन । नेपालीहरुले आयोजना गर्ने हरेक साँकृतिक कार्यक्रममा उनी उपस्थित हुन्छन् । राम्रो कामको लागि आयोजना गरिएको जुनसुकै काममा उनी गच्छे अनुसारको सहयोग पनि घोषणा गर्दछन् । हालसालै जर्जीयामा कलेजमा लगानी गर्न सुरु गरेका उनले आफ्नो ब्यवसायको आधार भनेको यूएईलाई नै मान्छन् । यूएईले आफूलाई ब्यापारमा स्थापित गरेको भन्दै सुबेदी जन्मभूमी नेपाल भए पनि कर्मभूमीको पनि उत्तिकै माया लाग्ने बताउँछन । ‘मलाई यत्तिको बनाएको यूएईले नै हो । लगानीको सुरक्षा, ब्यक्तिको सुरक्षा र सम्मान भएको मुलुक हो यूएई,’ उनले भने,’बिकास निर्माणमा विश्व प्रतिस्पर्धामा लम्किदै गरेको मुलुकमा हामी आफूलाई भाग्यमानी ठान्छौ ।’ आगामी दुई वर्षमा थप २०० नेपालीहरुलाई आफू मातहतका बिभिन्न चेन रेस्टुरेन्टहरुमा रोजगारी दिने उनको योजना छ । कामदारको रुपमा युएई भित्रिएका सुबेदी आफूले गरेको मेहनेतले नै सफल ब्यवसायी बन्न सकेको बताउँछन् । शालिक सुबेदी यूएईमा रहेका बिभिन्न संघसंस्था पनि आबद्द छन । यूएईको सबै भन्दा पुरानो संस्था नेपाली समाज, एनआरएन, सोसल क्लब लगायत संस्थाहरुमा उनको आबद्दता रहेको छ । एनआरएन यूएईको बर्तमान कार्यसमितिमा उनी सल्लाहकार समेत रहेका छन् भने संस्था स्थापनाको सुरुआतदेखि नै उनको भूमिका सहरानीय छ । पछिल्लो समय उनी रेस्टुरेन्ट, जीम र नेपाली सिनेमाको प्रदर्शनी लगायतका आफ्नै ब्यवसाय पनि गर्दै आइरहेका छन । पहिलो पटक नेपाली सिनेमालाई यूएईका हलहरुमा प्रदर्शन गरेका उनी यूएईका एक सफल ब्यवसायी मात्र नभएर असल समाजसेवी समेतका रुपममा चिनिएका छन् । एनआरएन यूएईको अध्यक्षका आकांक्षी एनआरएन यूएईको अधिबेशन यहि सेप्टेम्बर १५ हुने भएको छ भने सुबेदी एनआरएन अध्यक्ष पदका उमेद वार पनि हुन यसै बिषयमा रहेर कुरा गर्दा वरिष्ठ समाज सेवि सालिक सुवेदी येसो भन्छन एनआरएन यूएईमा उम्मेद्बारी किन ? एनआरएनए यूएईमातपाईको उम्मेदवार किन भन्ने प्रश्नमा उनले एनआरएनलाई विवादरहित र सबैको बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताए । ‘एनआरएन राम्रो संस्था हो । तर, युएईको सन्दर्भमा स्थापना कालदेखि हालसम्मको नेतृत्वलाई हेर्ने हो भने केही नेतृत्व बाहेकले खासै काम गर्न सकेको देखिन्न,’ उनले भने, ‘झन अहिलेको बर्तमान नेतृत्व त अझै अपरिपक्व जस्तो देखियो । त्यही कारणले बेलाबेला अनावश्यक बिबादको भुमरीमा परिरहृयो । नेतृवले त डाउन टु अर्थ हुन सक्नु पर्छ । सबैलाई समेटेर लान सक्नुपर्छ, सम्पुर्न जनजाती भाषा भाषी सम्पुर्ण नेपाली को हक र हितको लागि लड्ने सस्थाको रुपमा चिनाउनु सक्नु पर्छ ।यो चुनावमा मलाइ बिस्वाश गरेर मलाई मेरा साथी हरुले जिताउनु भयो भने यो सब म पूरागरेर देखाउने छु । सोच्छ छबि भएका सलिक सुवेदी ज्यु लाई सम्पुर्ण यु ए ई बासिहरु को पूरा समर्थन रहेको जनकारी पनि हामी लाई प्राप्त भएको छ ।

Post a Comment

0 Comments