Subscribe Us

५२ पछि ५४ को कालो कीर्तिमान,
५१ जन्ती रोक्ने देशमा ५४ मन्त्री नियुक्त

काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै सबैभन्दा ठूलो ५४ सदस्यीय मन्त्रिपरिषद् बनाएर आलोचनाको अर्को किर्तिमान कायम गरेका छन् ।  

२०५२ साल भदौ २७ गते आफंैले बनाएको ५२ सदस्यीय जम्बो मन्त्रिमण्डलको रेकर्डलाई ब्रेक गर्दै सोमाबर देउवाले ५४ सदस्यीय मन्त्रिमण्डल गठन गरी नयाँ मन्त्रीलाई शपथ गराए । 

नेपालको कानुनअनुसार ५१ जना भन्दा बढी जन्ति लिएर भोज भतेर गर्न पाइँदैन तर प्रधानमन्त्री देउवाले समाजसुधार सम्बन्धी ऐनलाई समेत चुनौति दिँदै ५४ सदस्य मन्त्रिमण्डल गठन गरी इतिहासमै सवैभन्दा ठूलो मन्त्रिपरिषद्को कीर्तिमानी कायम गरेका हुन् । 

नेपालको इतिहासमा सबैभन्दा सानो मन्त्रिपरिषद् भने २०१२ साल बैशाख १ गते गठीत शाही सल्लाहकार सभा नै हो । यसमा एक जना चिफ रोयल एडभाईजर, एकजना डिपुटी प्रिन्सिपल रोयल एडभाइजर र तीन जनालाई रोयल एडभाइजरको रुपमा नियुक्त भएका थिए । 

५० सदस्यीय मन्त्रिमण्डलमा चार जनालाई सोमबार थपेर प्रधानमन्त्री देउवाले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गरेको भनेर सवैतिरबाट आलोचना हुन थालेको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २४ जनालाई राज्यमन्त्री बनाइएको छ । यसअघि २०५२ साल भदौ २७ गते देउवावाले २७ मन्त्री, १६ राज्यमन्त्री र आठ सहायकमन्त्री गरी ५२ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो । 

देउवाले आफ्नो नेतृत्वको सरकारमा यसपटक सहायकमन्त्रीमा एक जनालाई पनि नियुक्त गरेनन भने तीन जना उपप्रधानमन्त्री बनाएका छन् । देउवापछि सवैभन्दा ठूलो जम्बो मन्त्रिमपरिषद् बनाउने श्रेय डा. बाबुराम भट्टराईलाई जान्छ । भट्टराईको नेतृत्वमा २०६८ साल भदौ १२ गते गठन भएको मन्त्रिमण्डलको आकार ४९ सदस्यीय थियो । भट्टराईले दुई उपप्रधानमन्त्री, २४ जना मन्त्री र २२ जना राज्यमन्त्री बनाएका थिए । 

२०७२ साल असोज २४ गते केपी शर्मा ओली नेतृत्वको सरकारले भने इतिहासमा सबैभन्दा बढी उपप्रधानमन्त्रीलाई सरकारी ढिकुटीबाट सुविधा दिइएको थियो । ओलीले आफ्नै पार्टी एमालेबाट पार्टी उपाध्यक्ष भीम रावल, माओवादी संसदीय दलका उपनेता टोपबहादुुर रायामाझी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपा नेपालका तत्कालिन अध्यक्ष कमल थापा र जनमोर्चाका नेता चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री बनाएका थिए भएका थिए । तथापी ओली नेतत्वको सरकारमा मन्त्रिमण्डल २६ सदस्यीय मात्र थियो । 

नेपालको इतिहासमा सबैभन्दा सानो मन्त्रिपरिषद् भने २०१२ साल बैशाख १ गते गठीत शाही सल्लाहकार सभा नै हो । यसमा एक जना चिफ रोयल एडभाईजर, एकजना डिपुटी प्रिन्सिपल रोयल एडभाइजर र तीन जनालाई रोयल एडभाइजरको रुपमा नियुक्त भएका थिए । यो मन्त्रीपरिषद्को प्रमुख चाहीँ सरकारदार गुञ्जमान सिंह थिए । त्यस्तै २०१२ साल जेठ २ गते सुवर्ण शम्शेर जंगबहादुर राणाको नेतृत्वमा गठित मन्त्रिपरिषद् ६ सदस्य मात्र थियो ।

सानो मन्त्रीपरिषद् बनाउने प्रधानमन्त्रीमा मोहन शम्शेर जंगबहादुर राणा र टंकप्रसाद आचार्य हुन् । राणाले २००७ साल फागुुन ७ गते र २००८ साल जेठमा उनकै नेतृत्वमा गठित मन्त्रिमण्डलको संख्या ७ मात्र थियो । त्यस्तै २०१२ साल माघ १३ गते आचार्यको अध्यक्षमतामा गठीत मन्त्रिीपरिषद्को आकार पनि ७ सदस्यीय मात्र थियो । 

पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले भने आठ जनालाई मन्त्री र १३ जनालाई उपमन्त्री गरी २१ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । उनले पछि ११ जनालाई मन्त्री र १० जनालाई सहायक मन्त्री बनाएका थिए । बीपीले नैं पहिलो पटक उपप्रधानमन्त्रमिा सुवर्ण शम्शेर जवरालाई नियुक्त गरेका थिए ।  

Post a Comment

0 Comments