Subscribe Us

मन्त्री मण्डल दरबारमार्ग छिर्दा ब्राण्डेड साहुजीको भागाभाग, सबै ब्राण्डेड पसल बन्द । फोटो फिचर सहित

भाद्र २१, काठमाडौं । दरबारमार्गका रहेका अधिकांस ब्राण्डेड पसलहरु बुधवार दिउँसो एका एका बन्द भएका छन् । 

आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभाग बुधवार दिउँसो बजार अनुगमनको लागी दरबारमार्ग छिरे लगग्तै अधिकांस ब्राण्डेड पसलहरु बन्द भएका हुन । 

 लत्ताकपडामा चर्को मुल्य असुल्दै आएका व्यापारी फस्ने डरले पसल बन्द गरेर कुलेलाम ठोकेका हुन । 

 गत सोमवार अनुगमन टोलीले दरबारमार्गमा रहेको  पुमा, नाइके, बिन्टली र स्टोर वानमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा ११ गुणसम्म मूल्य लिएको पाइएपछि ति स्टोरमा टोलीले शिल गरेको थियो । 

तिही कारण आफू पनि फस्ने डरले अनुगमन टोली दरबारमार्ग छिर्ने बित्तिकै कपडाका पसल देखी घडी र चस्माका पसल सम्म बन्द भएका छन् । सोमवारको अनुगमनको क्रममा

१ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाईएको थियो । पसलमा स्टक रहेका सामनको खरिद बिल सम्म ब्यापारीले देखाउन सकेका थिईनन् । 

बुधवार अनुगमन टोलीको फन्दामा पर्ने भएपछि रिबक, एडिडास, उडल्याड जुत्ता, सुलुभ घडि जस्ता अधिकांस ब्राण्डेड सामानको नाममा हाईकपी सामन बेचेर नेपाली जनता ठगी गर्दै आएका पसललेहरु फरार भएका छन् । 





Post a Comment

0 Comments