Subscribe Us

८८ केजी सुन बरामत

काठमाडौं, १९ भाद्र । प्रहरीले राजधानीको क्षेत्रपाटीबाट अहिले सम्मकै ठूलो परिमाणको अबैध सुन बरामत गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले गोप्य सुचनाको आधारमा बा १७ च ६४२७ नम्बरका गाडीबाट उक्त सुन बरामत गरेको हो । 

गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त परिमाणको सुन बरामत भएको महाशाखा प्रमुख दिवस लोहनीले बताए । २४ सै घण्टा प्रहरीको निगरानीमा रहने ठमेल क्षेत्रबाटै उक्त यति ठूलो सुन बरामत भएपछि प्रहरी आफै चकित परेका छन् । 

बा १७ च ६४२७ नम्बरको गाडी पक्राउ गरी खोजतलास गर्दा फल्स बटम बनाई राखिएको अबस्थामा उक्त परिमाणको सुन बरामत भएको हो । 

Post a Comment

0 Comments