Subscribe Us

मधेसका चार नगर प्रचण्डलाई बक्सिस,
कांग्रेसमा भाँडभैलो

काठमाडौं । खुशी भएर बक्सिसमा सहर दिने दन्त्य कथालाई पुष्टि गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका चार नगर माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बक्सिस दिएका छन् । 

देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाललालाई पार्टी कार्यकर्तालाई भन्दा बढी दया, माया, सहयोग र सद्भाव देखाएको भन्दै तिब्र आलोचना हुन थालेको छ ।

कांग्रेस सभापति देउवार्र्र्को हुन्छ बहादुर’ शैलीकै कारण कांग्रेसले भरतपुर महानगरपालिका प्रचण्ड पुत्री रेणु दाहाललाई उपहार  दिएको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री भएका शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन नगर बक्सिस दिएका छन् ।

आफ्नो राजनीतिक भविश्व सुरक्षीत गर्न चितवनबाट राजनीति गर्ने उदेश्यले छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाउन मरिहत्ते गरेको आरोप खेपिरहेका प्रचण्डले अन्तत सिरहालाई नैं राजनीतिक थलो बनाउने पक्का भएको छ । स्थानीय तहको तेश्रो चरण अन्तरगत दुई नम्वर प्रदेशमा आगामी असोज २ गते हुने निर्वाचनमा प्रचण्डले आफ्नो राजनीतिक क्षेत्रबाट कांग्रेसलाई आउट गर्ने रणनीति तय गरेका छन् । 

दाहालले गत मंसिर ४ गते २०७० मा भएको संविधानसभा निर्वाचनमा सिरहा ६ बाट चुनाव जितेका थिए । सिरहाको अवको चार नम्वर क्षेत्रमा पर्ने तीन वटा नगरपालिकाको प्रमुखमा कांग्रेसको समर्थनमा माओवादीलाई जिताउन प्रचण्डले कुनैं कसरत गर्नु परेन । कांग्रेसले आफ्नो निर्वाचन क्षेत्रमा आफूूलाई स्पेस खाली गरोस भन्ने मनासयले देउवालाई धम्क्याएका थिए ।

कांग्रेसको गढ मानिएको भरतपुरमा त कांग्रेसबाट कित्ता खाली गर्न लगाएर छोरीलाई महानगरको उपहार दिलाउन सफल प्रचण्डले यस पटक भने देउवाबाट एक महानगर बराबर चार नगर लिएका छन् । प्रचण्डले दुई नम्वर प्रदेशमा माओवादीले संघीयता र गणतन्त्रजस्ता एजेण्डामा बिचार मिल्ने दलसँग तालमेल गर्ने र त्यसमा पनि मधेशवादी तीन दल राजपा, संघीय समाजवादी र फोरम लोकतान्त्रिकसँग तालमेलको लागि पहिलो प्राथमिकता दिने भन्दै देउवाको नाडी छामेका प्रचण्डले देउवाबाट हार्दिकतापूर्ण तीन नगर बक्सिस पाएका हुन् ।

प्रचण्ड हो न हो मधेशवादी दलसँगै मिल्न लागे कि भन्ने आशंका पालेका कांग्रेस सभापति देउवाले प्रचण्डलाई चार नगरको बक्सिस दिएर माओवादीसँगको सम्वन्धको गाँठो बलियो बनाउन लागेका छन् । प्रचण्डले मधेशवादी दलसँग तालमेल गर्न जतिसुकै जोरबल गरेपनि राजपाले भने माओवादी, काग्रेस र एमालेजस्ता गैरमधेशी दलसँग तालमेलको सम्भावना नरहेको स्पस्ट पारिसकेको छ ।

तर माओवादी र राजपा लगायतका मधेशकेन्द्रीत दलसँग प्रचण्डले तालमेल गरिहाल्लान कि भन्ने आशंकाले देउवाले प्रचण्डलाई सिरहाका चार नगरपालिका गोलबजार, मिर्चैया र कर्जन्यामा सबै प्रमुख र उपप्रमुख रोजेर लिन भनेका छन्। बालुवाटार स्रोतका अनुसार देउवाले धनगढीमाई नगरपालिकाको प्रमुखमा पनि माओवादीसँग तालमेल गर्न उपप्रमुख मात्र कांग्रेसबाट उठाएका छन् ।

पार्टीका कार्यकर्तालाई भन्दा प्रचण्डलाई बढी प्राथमिकता दिएको भन्दै कांग्रेसका शीर्ष नेताहरु चिढिएका छन्। कांग्रेसको संगठन ती स्थानीय तहमा एमालेसँग प्रतिष्पर्धा गर्न सक्ने भए पनि माओवादी अध्यक्ष पुष्पमकल दाहालको निर्वाचन क्षेत्र समेत रहेकोले उनलाइ खुसी बनाउन प्रधानमन्त्री देउवाले हदैसम्मको हर्कत गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, सांसद पद्मनारायण चौधरी लगायतका नेता असन्तुष्ट बनेका छन् । 

देउवाले सत्तारुढ गठबन्धनलाई बलियो बनाउन भन्दै माओवादीसँग गठबन्धन गर्दै प्रचण्डलाई खुसी तुुल्याउन सप्तरीको सुरुङ्गा कञ्चनरुप, शम्भुनाथ र गड्ग नगरपालिकामा तालमेलको लागि सोमबार सम्म पनि खाली राखेका छन् । यसैगरी बाराको कलैया उपमहानगर, जीतपुर सिमरा उपमहानगरको प्रमुखमा बाराकै परवानीपुर र प्रसौनी गाउँपालिकामा तालमेलको लागि उम्मेदवार उठाइएको छैन् । 

बारको नीजगढ, धनुषाको शहिदनगर, जनकनन्दीनी  गाउँपालिका, हंसपु नगरपालिकामा प्रमुखमा कांग्रेसले खाली छोडेको छ। कांग्रेसले तालमेलकै लागि धनुषाको मुखियापटटी मुसहरिया गाउपालिकाको उपप्रमुख, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका सवैला नगरपालिका, मिथिला बिहारी नगरपालिकामा समेत कांग्रेसले माओवादीसंग तालमेल गर्ने भएको छ ।

रौतहटको गौर नगरपालिका, देवाई गोनाही गाउँपालिका, मौलापुर गाउँपालिका, , गढीमाई नगरपालिका र चन्द्रपुर नगरपालिकाको प्रमुखमा माओवादीसँग तालमेल गर्न उम्मेदवार उठाएको छैन। फुतुवाविजयपुर नगरपालिका माधवनारायण नगरपालिका र यमुना गाउँपालिकामा भने कांग्रेसले माओवादी केन्द्रलाई उपप्रमुखका लागि खालि छोडेको छ । 

कांग्रेसले सर्लाहीको लालबन्दी, हरिवन नगरपालिका, लहान, वरियारपटटी नगरपालिका प्रमुख र औरही गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिएको छैन। तालमेलकै लागि कांग्रेसले पर्षाको बहुदरमाई नगरपालिका र जिराभवानी गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षमा खाली राखेको छ । 
महोत्तरीको भँगाह नगरपालिकाको अध्यक्ष, साम्सी गाउँपालिकाको उपाध्यक्ष, लोहारपटटी नगरपालिका र वलवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले उम्मेदवार बनाएको छैन । 

Post a Comment

0 Comments