Subscribe Us

२६ हजार सवारी साधन विना लाइसेन्स सडकमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा २६ हजार व्यक्तिले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ललिई सवारी साधन चलाउने गरेको पाईएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको हो । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचको क्रममा यो कुरा बाहिर आएको हो । 
महाशाखाका प्रमुख एवम् डिआईजी सर्बोन्द्र खनालल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताए । 

“विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”– डिआईजी खनालले भने ।   उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए । 


महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि रु एक हजार जरिवना लिँदै आएको छ । पहिला रु २५० राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजश्व लिँदै आएको हो । पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । 
––– 

Post a Comment

0 Comments