Subscribe Us

नेटवर्किङ संजालको नाममा ठगी,
गिरोहका एक सदस्य पक्राउ डाईरेक्टर गुरुङ फरार

काठमाडौँ, २१ असोज । नेटवर्किङ संजालको नाममा आकर्षक तलब र सुबिधासहितको जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । 

गिरोहका सदस्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका–७ घर भएका २५ बर्षीय लोकेश भन्ने लोकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतको गोरखपुरमा रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि.मा तालिम लिए पश्चात आकर्षक तलव सुविधा सहितको जागिर लगाई दिन्छु भनी विश्वास दिलाई २० जना व्यक्तिहरुलाई उक्त ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि.का डाईरेक्टर काजी गुरुङ लगायतका व्यक्तिहरुको मिलेमतोमा ७ दिनको तालिम गराई पीडितहरुसँग १६ लाख ४० हजार ठगी गरेको उजुरी परेपछि महाशाखाले अनुसन्धान थालेको थियो । 

 नेपालबाट पीडितहरु लगायत अन्य व्यक्तिहरु समेतलाई सो प्रा.लि.मा प्रत्येकले ५ जना सदस्य बनाउन सकेमा आकर्षक तलव उपलब्ध गराउने भनी प्रलोभनमा पारी नेटवर्किङ संजालबाट ठुलो रकम लिने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । मगरलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइनुका साथै अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

Post a Comment

0 Comments