Subscribe Us

चौधरीको सिफारिसमा ७ करोडको खैलाबैला !

काठमाडौं । तिहारको झिलिमिली, देउसी भैलो र नाचगानले राजधानी काठमाडौंमा रन्किरहेको थियो, भाईटिकाको दिन भए पनि प्रधानमन्त्री निवास वालुटारमा बत्तिको झिलिमिलि नभएर प्रधानमन्त्री देउवा ३५  जना प्रतिनिधिसभाका र ७४ जना प्रदेश सभाका उम्मेदवारलाई टिकटसँगै टोकन मनी बुझाउँदै धाप मार्दै बधाई दिँदै थिए । प्रदेश सभाका सांसदको उम्मेदवारलाई २ र प्रतिनिधिसभाका उम्मेदवारलाई तीन पेटीका दरले टोकन मनी वाँड्दै गरेका देउवा तिहारको झिलीमिलीमा पैशा नपुगरेर तिरिमिरी देखिरहेका थिए । त्यसै बेला रकम जोहो गर्न नसकेर रन्किएका प्रधानमन्त्री देउवालाई जब साँझ साढे सात बजे एउटा सेतो ल्याण्डक्रुजर गाडि वालुवाटारको तीन नम्वर गेट हुँदै नेपाली सेनाको चेक प्वाईन्ट २ नम्वर गेटमा रन्किएर आउँदै थियो । 
कांग्रेसका उम्मेदवारहरू कोही आरजु भाउजुसँग भेटी ग्रहण गर्दै फर्कदै थिए त कोही टिकटसँगै भेटी बुझ्न एउटा उम्मेदवारसँगै तीन सहयोगीको नाम टिपाउँदै भित्र जाँदै थिए । तर सेता ल्याण्डक्रुजर तीन नम्बर गेटबाट छिर्नासाथ सेनाको सेन्ट्रीले रिमोट दबाउँदै २ नम्वर गेट खोले तव बालुवाटारका सबै ढोकामा गजबार लगाइए । 
बालुवाटारमा सन्नाटा छायो, टिकट वितरण भइसकेको छैन, साँझ साढे सात बज्यो सेनाले भित्र छिर्न दिँदैन् । यसैमेलोमा रामेछापबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार भएका कान्छाराम तामाङ पनि २ नम्वर गेटमा पुगे तर सेनाले जान दिएनन् । 
खास कुरा के रहेछ भन्दा त देउवाका दाहिना भनिएका दुई भाई बालकृष्ण खाँड र डा. प्रकाशशरण महतलाई साक्षि राखेर देउवाले नेपालका विल गेट्स भनेर चिनिएका बिनोद चौधरीबाट सात खोका अर्थात सात करोड रूपैयाँ बुझ्दै थिए । जव चौधरी १५मिनेटमै बाहिरिए तव बालुवाटारमा प्रधानमन्त्री निवास ओहोर र दोहोर बाक्लिएको थियो । भाई टिकाको दिन चौधरीले प्रधानमन्त्रीलाई चढाएको भेटिस्वरूप कात्तिक ११ गते आइबार साँझ ११ वजे समानुपातिकतर्फको बन्दसूचिमा नाम चढाउन सफल भए । संविधानसभाको पहिलो निर्वाचनमा एमालेको तर्फबाट समानुपातिकबाट सांसद भएका चौधरी यस पटक भने कांग्रेसबाट समानुपातिकमा सांसद हुँदैछन् । अन्य पाँच व्यापारिको नाम पछि पार्दै चौधरीलाई अघि सारेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलसमेत झस्किएका छन् । चौधरीले देउवालाई भेटि बुझाउँदा बरिष्ठ नेता पौडेल र डा. मिनेन्द्र रिजाललाइ पनि साछि राखिएको थियो । चौधरीले बुझाएको ७ खोकामध्ये पाँच पेटी बोकेर साँझ आठ बजे जगदीश्वरनरसिंह केसी पनि बालवाटारबाटै बाहिरिएको बालुवाटार स्रोत बताउँछ । देउवाले जगदीश्वरलाई दिएको सो पाँच पेटी उनकै दाई अर्जुननरसिंह केसीको नाममा पनि उपलब्ध गराइएको हो । जगदीश्वरले पैशा बुझेको त्यहाँ नजिकै रहेका बहादुर सिंह लामाले टुलुटुलु हेरर बसेका थिए ।

Post a Comment

0 Comments