Subscribe Us

अन्डरवल्र्ड डनको शैलीमा पुन र बस्नेत
अन्य व्यापारीसँग पैसा असुल्न गौचनको हत्या


काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज दिउँसो हत्या भएको छ । 

गौचनलाई नयाँबानेश्वरस्थित खरिबोटमा आपराधिक समुहले गोली प्रहार गरी हत्या गरेको हो । कोखामा दुई गोली लागेको गौचनको उपचारको क्रममा बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो । 

गौचनलाई काठमाडौंका कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको आदेशमा लोप्साङ लामाले गोली हानेको खुल्न आएको छ । बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजरमा सवार गौचनमाथि गोली प्रहार भएको हो । उनको गाडी भने ड्राइभरले चलाएका थिए । उनी गाडीको अगाडि सिटमा थिए । 

मोटरसाइकलमा आएका आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर फरार भएका थिए ।  घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो। अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो ।

 जेलमा रहेका रमेश बाहुन समूहका व्यक्तिले गौचनमाथि गोली चलाएको आशंकामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । भारतको बिभिन्न ठाँउमा लुकिछिपी बस्दै आएका बस्नेत र पुनले केही महिना अगाडी राजधानीका अर्का गुण्डा दावा लामा पनि गोली प्रहार गरेका थिए । बस्नेत

  प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’ का मुख्य सहयोगी हुन भने पुन बुटवलका गुण्डा हुन । बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका छन । प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । 

यसअघि दावा माथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ । मनोज पुनको समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । 

Post a Comment

0 Comments