काठमाडौं । समानुपातिकतर्फको बन्दसूचिमा समावेस भएको नाम सच्याउने अन्तिम दिन कात्तिक १२ गते साँझदेखि नैं प्रमुख राजनीतिक दलका प्रभावशाली र शीर्ष नेताहरूको आवत जावत कान्तिपथस्थित बहादुर भवनमा बाक्लिँदै थियो । 

साँझ पाँच नबज्दै अन्य दलका पार्टी कार्यालयका मुख्यसचिवसँगै कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल पनि बहादुर भवन प्रवेस गरे । 

बहादुर भवनमा प्रवेश गर्नेहरूको भिँड रात छिप्पिएसँगै बढ्दै थियो । कांग्रेसका शीर्ष नेताले सभापति शेरबहादुर देउवाले फाईनल गरेको बन्दसूचिमा पर्नेको नामावली कुरेर बसेका पौडेल नौं बजेसम्म त्यहीँ थियो । नौं बजेपछि कांग्रेस नेता रामचन्द्र पौडेल र दिलेन्द्रप्रसाद बढु, डा. प्रकाशशरण महत र बालकृष्ण खाँड त जाने नैं भए ।

प्रधानमन्त्री समेत भएका पार्टी सभापति शेरबहादुर देउवाले बन्दसूचिको अन्तिम नामावली नेता पौडेलकै सल्लाह बमोजिम समावेस गरिएको भन्दै बहादुर भवनमा आफै हानिए । राति ११ बजे दलबलसहित बहादुर भवनमा नेता पौडेलसँग देउवाको ठाकठुक प¥यो । पौडेलले आफ्नो टिमसँग सल्लाह नगरी त्यो नाम हटाउन पाईँदैन् भन्दै कड्किए । उनले नाम तलमाथि वा हटाउने हो भने महामन्त्रीजी (डा. शसांक), प्रकाशमान र रामशरणसँग सल्लाह गर्नु पर्छ भने तर देउवा झन कड्किए जो सँग सल्लाह गरे पनि गर तर म यो नाम राख्दै राख्दिन । पौडेलसँगै रहेका बढुले प्रकाशमानलाई बोलाएपछि उनी बहादुर भवन आए । महामन्त्री शशांकलाई पौडेलले फोन गरे तर उनको फोन मरेकाट्टे उठेन । 

सहमति विगार्ने काम नगरौं सभापतिजी भनेर पौडेलले देउवालाई धेरै आग्रह गरे तर देउवा टेर्नेवाला थिएनन् । देउवा झन कड्किए,‘बरू परिवारको कुनैं सदस्य वा पार्टीको चौवन्नी सदस्यको नाम राख म मान्छु तर यो नाम राख्ने हो भने म समानुपातिकको संशोधन सूचीमा हस्ताक्षर नैं गर्दिन।’ पार्टीको एउटा कार्यकर्ताप्रति किन यतिधेरै पूर्वाग्रह सभापतिजी भनेर पौडेलले प्रश्न गरेपछि देउवाले भने ‘मेरो चरित्र हत्या गर्न कांग्रेस  र मेरो बिरूद्ध अनलाईनलाई समाचार दिनेलाई म छोड्दिन।’

कसैको आरोप वा भनाईको अधारमा त्यस्तो अन्याय नगर्न पौडेलले भनेपछि देउवा झन कड्किए, ‘हैन, मेरो कुरा पत्यार लागेन भने डिना (पार्टी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय) लाई सोधे भने नि, फेरी मैले त्यतिकै बोलेको हो र ? इन्टिलिजेन्सले पत्ता लगाइसक्यो, उसले नैं अनलाईनलाई मेरो बारेमा अनेकथरी समाचार दिने ।’

त्यतिवेलासम्म निर्वाचन आयोगमा प्रधानमन्त्रीको ११ बजे रातिको चर्को आवाज र झ्वाँक देखेर सवै चकित परेका थिए । देउवाले प्रमाण चाहियो भने इन्टिलिजेन्सले प्रमाण दिन्छ भन्दै त्यो नाम हटा भन्दै मुख्य सचिवलाई दबाब दिइरहेका थिए । अन्त्यमा डाइबिटिजका बिरामी पौडेल बा को केही लागेन र नजिकै रहेका प्रकाशमानको सुझावमा २०६४ सालमै समानुपातिक सांसद भएकी नेपाल महिला संघमा पौडेल गुटकी एक मात्र केन्द्रीय सदस्य कल्याणी रिजालको नाम हालियो । 

देउवाले बन्दसूचिको संशोधन नामावली फाईनल गरेर हिंड्ने वेलामा पनि इन्टिलिजेन्सको त विश्वास गर्नु पर्यो भन्दै एक महिलाको नाम खस आर्य क्लस्टरबाट हटाएर छोडे । आखिर देउवालाई डिनाले त्यस्तो कुन महिलाबिरूद्ध उजुरी दिइन् र देउवाले विश्वास गरे । देउवाले उनको विश्वास मात्र गरेनन, इन्टिलिजेन्सको नाम पनि बारम्बार लिए । देउवाले २०५८ सालमा संसदको मानवअधिकार तथा परराष्ट्र समितिमा पनि यसरी नैं अभिव्यक्ति दिएका थिए कि ‘सेनाले मानवअधिकार हनन गर्यो भन्ने कुरा मलाई विश्वास छैन, सेनाले नागरिक अधिकार हनन गर्छ भन्ने मलाई विश्वास छैन, मेरो बिश्वास नलागे, राजाको त विश्वास छ होला नी ?’

निर्वाचन आयोगमा मध्यराति बस्ने ति कर्मचारीमा खुल्दुली भएको थियो कि आखिर कांग्रेसकी ति को नेतृ थिइन जसको सांसद हुने भाग्य देउवाले मध्यरातमा खोसे, त्यो पनि परिवारको सदस्य नभएर मकवानपुर गृह जिल्ला भएर २०६४ र २०७० सालमा देउवाकै निगाहबाट समानुपातिकतर्फको सांसद बनेकी महालक्ष्मी उपाध्यायको सुझावमा निर्णय गर्न वाध्य भए । कांग्रेस नेता पौडेलले पनि ति को महिला नेतृ थिइन, जसको नाम मध्यराति देउवाको आग्रहमा हटाईयो भनेर खुसासा गर्न सकेका छैनन् ? के मध्यराति भएको यो भटना रहस्यमय भएरै जाने भयो त ? यो घटनाका साक्षी देउवा र पौडेलवाहेक प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बढू र प्रकाशशरण महत मात्रै छन् । 

Post a Comment

 
Top