Subscribe Us

प्रकाशको असामहिक निधन, प्रचण्ड विर्तामोडबाट फर्कदै

काठमाडौं :
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान नर्भिक चार बजे अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको प्रकाशको केही समय अघि निधन भएको हो । तर, अस्पतालले भने दाहालको निधन भएको औपचारिक घोषणा गरेको छैन ।
बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न झापा पुगेका प्रचण्ड काठमाडौं आएपछि मात्रै घोषणा गरिने अस्पताल स्रोतले जनाएको छ । छोरा विरामी भएको खबर पाउनसाथ दाहाल विर्तामोडबाट हेलिकप्टरमा काठमाडौं फर्कदै छन् भने प्रकाशकी दिदी रेणु दाहाललगायत अन्य परिवारहरु पनि चितवनबाट आउँदै छन् ।
अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
प्रकाश पूर्वप्रधानमन्त्री दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । प्राय सधै बुबाको कार्यक्रममा जाने प्रकाश अहिले भने सन्चो नभएको भन्दै काठमाडौं नै बसेका थिए । प्रकाशको मृत्युको विस्तृत विवरण भने अझै आउन बाँकी छ । प्रचण्ड र परिवारका सबै सदस्यहरु अस्पताल आइपुगेपछि मात्र अस्पतालले पत्रकार सम्मेलन गरी औपचारीक घोषणा गर्ने भएको छ ।

Post a Comment

0 Comments