Subscribe Us

काभ्रेमा ७१ जनाको उम्मेदवारी, मलाई राज्य र मिडियाले गुण्डा बनाए : लामा

बनेपा :
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेमा ५ स्वतन्त्रसहित ७१ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसारप्रतिनिधिसभामा ३० र प्रदेशसभाका लागि ४१ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधीसभा क्षेत्र नं १ मा १८ र २ मा १२ जनाको उम्मेदवारी परेको छ  । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तगर्तको प्रदेशसभा १ क मा १० र २ मा १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ मा ९ र २ मा १० जनाले उम्मेदवारी दिएका छन् ।
काभ्रेमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चार कांग्रेसलाई सघाउने बताए पनि पशुपतिशमसेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ माधवप्रसाद मैनालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं २ मा सुदर्शन हुमागाईंले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा १ मा मिलन गौतम र ठूले तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा २ मा दृष्टिविहीन सुरेश धितालले उम्मेदवारी दिएका छन् ।
यसैबीच डनको संज्ञा पाएका गणेश लामाले लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको बताएका छन् । काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर १ क बाट प्रदेशसभा उम्मेदवार बनेका लामाले आफू गुण्डा नभई साहसी युवा भएको बताए । उनले भने म गुण्डा होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा बनाएका हुन् ।’
लामाको प्रतिस्पर्धा एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग हुँदैछ । यसअघि फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेवार बनेका हुन् ।

Post a Comment

0 Comments