Subscribe Us

किन हाने आईजी अर्यालले मोबाईको छटारो ?

काठमाडौं । चुनाव लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीका आईजी प्रकाश अर्याललाई परिवर्तन गरी एआईजी जयबहादुर चन्दलाई आईजी बनाउने तयारी गरेका छन् । 

पूर्वआईजी उर्पेन्द्रकान्त अर्यालको अवकाशसँगै चन्दलाई आईजी बनाएका देउवाले आफ्नो वाचा पूरा गर्न चुनाव लगत्तै चन्दलाई आईजी बनाउन लागेका हुन् । स्रोतका अनुसार आईजी प्रकाश अर्यालाई राजीनामा दिन लगाउने नमानेको खण्डमा प्रधानमन्त्रीको सुरक्षा सहल्कारमा सरूवा गरेर चन्दलाई आईजीको फूली लगाउने निर्णय प्रधानमन्त्री देउवाले गरेका छन् । 

दुई महिना अगाडी नै प्रधानमन्त्री देउवाले आईजी प्रकाश अर्याललाई राजीनामाको लागि दबाब दिँदै आएका थिए । चुनावको मुखमा आईजी परिवर्तन गर्दा गलत म्यासेज जाने र प्रतिपक्षले यसलाई नै मिडियाबाजी गर्ने हुँदा तत्काल आईजी परिवर्तन गर्न नहुने अन्य नेताको सहल्लाह पश्चात देउवा पछि हटेका थिए । 

तर अबको सरकार बाम गठबन्धनको बन्ने निश्चित जस्तै देखिएपछि राजीनामा दिनु अगाडी नै चन्दलाई आईजी बनाएर प्रधानमन्त्री देउवाले बालुवाटार छाड्ने तयारी गरेका हुन् । उता आईजीको फूली लगाएदेखि नै राजनीतिक दबाबमा पर्दै आएका आईजी अर्याल र एआईजी चन्दको हाल बोलचालीनै बन्द भएको छ । एक महिना अगाडी सचिवालयमा भएको एक मिटिङमा आईजी अर्यालले एआईजीहरूको सात्तो खाँदै आफ्नो मोबाईल भूईमा बजारेका थिए ।

मिटिङमा राँकिदै गरेका अर्यालको मोबाईलमा फोनको घन्टी बजेपछि भुईँमा फँया्केका थिए । फोन झटारो हान्दै केही नबोली आईजी अर्याल बाहिरेपछि अन्य एआईजीहरू पनि बाहिरिएका थिए । स्रोतका अनुसार दश मिनेटको मिटिङमा आईजी अर्यालले एआईजी चन्दलाई लक्षित गदै घुमाउरो पाराले गाली गरेका थिए । ‘यँहा प्रहरीको ईन्सपेक्टर पनि आईजी फलानोलाई बनाउने भन्दै हिँडेको छ । कारवाही गर्छु याद गर्नू’ भन्दै अर्यालले मिटिङमा सहभागी एआईजीलाई गाली गरेको स्रोतले बतायो । 

भाग्यले आईजी बनेका अर्याल र चन्दबीच ६–६ महिना आईजी बन्ने सहमती थियो । त्यहि सहमतिअनुसार चन्दले अर्याललाई आईजी बनाउन देउवालाई मनाएका थिए । तर पछिल्लो समय अर्यालले राजीनामा दिन अस्वीकार गरेपछि चन्द र अर्यालबीचको सबन्धमा तुषारो पलाएको छ ।

Post a Comment

0 Comments