Subscribe Us

छिटपुट घटना बाहेक ३२ जिल्लामा मतदान सम्पन्न, ६५ प्रतिशत बढि मत खसेको आयोगको दावी

काठमाडौं । छिटपुट घटना बाहेकपहिलो चरण अन्तर्गत आज ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले आज साँझ बिशेष पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको जनाएको हो । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । 
यादवका अनुसार जिल्लाबाट आएको विवरण अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको हो। बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत खसेको छ। त्यसैलेनिर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ ।  प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने प्रमुख आयुक्त यादवले बताए ।
प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् । निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आज (आइतबार)नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।
पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुनेभएको हो ।

Post a Comment

0 Comments