Subscribe Us

सर्वाेच्चमा बम भेटिएन, कल गर्नेलाइ खाेजिरहेका छाैं– एअाइजी चन्द

काठमाडाैं–प्रहरीले सर्वाेच्च अदालत परिसरमा बम नरहेकाे जनाएकाे छ । प्रहरीले करिब एक घण्टाभन्दा बढि समयदेखि अदालतका काेठा, परिसर र इजलाससम्म बम खाेजी गरेपनि केही नभेटिएकाे महानगरीय प्रहरी ले जनाएकाे छ ।

महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले अदालत परिसरमा शंकास्पद कुनै वस्तु अहिलेसम्म फेला नपरेकाे बताए । उनले अदालतकाे केही भागमा मात्र खाेजी गर्न बाँकी रहँदासम्म शंकास्पद कुनै वस्तु फेला नपरेकाे बताए ।
उनले भने ‘कुनै शंकास्पद वस्तु फेला परेकाे छैन, हामीले बल्फ कल भएकाे हुनसक्ने अाशंका गरेका छाै,’।
एअाइजी चन्दले यसरी एउटा सम्बेदनशील स्थानमा बम रहेकाे भन्दै कल गर्ने व्यक्तिकाे खाेजी भै रहेकाे बताए । उनले फाेन अाएकाे स्थानकाे पहिचान भएकाे र साेही अनुसार सहरमा रहेका क्लाेज सर्किट क्यामराका अाधारमा ब्यक्तिकाे खाेजी तिब्र भएकाे बताए ।
‘गंभिर अपराध हाे, हामीले स्थान थाह पाएका छाैं, हुलियामात्र पाए ब्यक्ति पक्राउ पर्नेछ’, एअाइजी चन्दले भने ।

Post a Comment

0 Comments