Subscribe Us

विहान हाकिमले सचेत गराए,
बेलुका घुस सहित पक्राउ परे

काठमाडाैं– अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले मंगलबार साँझ घुससहित रंगेहात पक्राउ परेका प्रहरी निरीक्षक हरिहर सुनार(थर फेरेर सुनवार बनाएकाे ) लाइ  विहानमात्रै काठमाडाैं प्रहरी प्रमुखले सचेत गराएका थिए । 
प्रहरी सेवा प्रवेश गरेकाे चार वर्षपनि नपुग्दै घुसकाे लत लागेका  निरीक्षक अाखिर हाकिमले सचेत गराएकाे केही घण्टा नबित्दै असुलीमा ब्यस्त भएका  थिए । 
नेपाल प्रहरीमा २०६९ साउन साउन १ मा सहायक प्रहरी  निरीक्षकका रूपमा सेवा प्रवेश गरेका सुनार २०७० चैत्रमा अान्तरिक प्रतिस्पर्धाबाट प्रहरी  निरीक्षक बनेका हुन। 
मंगलबार  विहान काठमाडाैं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले मातहतका अधिकारीलाइ अख्तियार सक्रिय भएकाेले सचेत रहन निर्देशन दिएका थिए । उनले अख्तियारकाे टाेल फ्रि हट नम्बर १०७ काे जानकारी सबैतर्फ राखिएकाले दाँयाबाँया नगर्न निर्देशन दिएका थिए । 
तर सर्वाेच्च अदालत सुरक्षा दस्तामा दरबन्दी रहेपनि माअाेवादी केन्द्रका नेताहरूकाे सिफारिसमा पैसा कमाउनै बसपार्क गएका सुनवारले हाकिमकाे निर्देशन मान्नुकाे साटाे झनै रकम बढाएर हाेटल संचालकलाइ हैरान बनाउन थालेका थिए । निरीक्षक सुनार साढे दुइ महिना अघिमात्र बसपार्क काजमा खटिएका थिए । अायाेगले हाेटल संचालकसँग घुस लिएकाे ५० हजार सहित सुनवारलाइ रंगेहात पक्राउ गरेकाे हाे
अायाेगका अनुसार  निरीक्षक सुनवारले नयाँ बसपार्कमा उच्छृखल गतिवीधी गर्ने हाेटलहरूबाट महिनावारी ताेकेर रकम उठाउदै अाएका थिए । बसपार्क क्षेत्रमा हुने बेश्यावृती, याैनजन्य कृयाकलाप र जुवातासलाइ छुट दिएर  संचालित हाेटलहरूबाट एकलाखदेखि पचाँस हजार मासिक र चाडपर्वका नाममा  निरीक्षक सुनवारले महिनावारी उठाउदै अाएका थिए ।
अायाेगका एकजना अधिकारीका अनुसार मंगलबार पनि उनले एक हाेटल संचालकसँग महिनावारी वापतकाे ५० हजार माग गरेका  थिए । संचालकले २० हजारभन्दा बढि  दिन नसक्ने बताएपछि भनाभन भएकाे थियाे । हाेटल संचालकलाइ रकम  दिन दवाब दिएपछि उनी अायाेगकाे सम्पर्कमा पुगेका थिए ।
पक्राउ परेका सुनवारले उठाएकाे रकम माथिल्लाे तहमा समेत बाँडने गरेकाे पक्राउ गर्न गएका प्रहरी टाेलीलाइ भनेका थिए । स्राेतका अनुसार अायाेगले प्रहरी  निरीक्षक सुनवारकाे अनुसन्धान बिस्तृत रूपमा गर्दै माथिल्लाे तहसम्मलाइ कारवाहीकाे दायरा ल्याउने छ ।

Post a Comment

0 Comments