Subscribe Us

बलिया दाईँमा परे प्रभाकरका भाई !

काठमाडौं । स्यालको दशा लागेपछि सहर छिर्छ भनेजस्तै राजनीतिमा दशा लागेपछि मत नभएको ठाउँमा उभिनुपर्छ । 

हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाललाई दशा लागेको निर्वाचन क्षेत्रमा यसपटक भने जनार्दन शर्मामा भाई उभिएका छन् ।

 भलै उनलाई बामपन्थीको साझा उम्मेदवार भनियोस् तर उनी दुई बलिया राजनीतिक पार्टीका उम्मेदवारको दाईँमा परेका छन् ।  

काठमाडौं–१ को यो चुनाव रोचक र घोचक हुने देखिएकै छ । तर आफैंभित्र चुनाव हारेका अनिल शर्मालाई दशा लागेको चर्चा बजारभरी चलिरहेको छ । विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा अध्यक्षमा चुनाव हारेका शर्माका लागि धेरै चुनौति रहेको छ । 

काठमाडौं जिल्लामा पाएका तीन निर्वाचन क्षेत्रमध्ये माओवादीले १ नम्बर पनि पाएको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रसँग शर्माको चुनावी भिडन्त हुनेछ । काठमाडौं–१ कांग्रेसको विरासत भएका कारणले नै प्रकाशमानले यो भन्दा बाहेकका निर्वाचन क्षेत्रलाई छानेका छैनन् । 

यहाँ कांग्रेसका अत्यधिक मतदाता रहेकाले संविधानसभाको पहिलो निर्वाचनमा पनि प्रकाशमानले जित निकाल्न सफल भएका थिए । दोेस्रो संविधानसभाको निर्वाचनमा त प्रकाशनमानको छेउछाउ कोही स्पर्धी पनि आउन सकेनन् । परिस्थिति अर्को बनिसकेको छ । एक दशकको निरन्तरको राजनीतिक खिचातानी र भ्रष्टाचारको विरोधमा स्थापित भएको विवेकशील साझाका संयोजक मध्येका एक रवीन्द्र मिश्रको चर्चा बलियो छ । उनै रवीन्द्रले प्रकाशमानसँग खरो स्पर्धा गर्ने रूझान् देखा परेको छ । 

शर्माले प्रकाशमान र रवीन्द्रका कुरा जनताले नपत्याउने दाबी समेत गरेका छन् । तर, बामपन्थी गठबन्धनका उम्मेदवार भएपनि शर्मा प्रभाव पार्नसक्ने व्यक्ति नभएको विश्लेषण धेरैले गरेका छन् । माओवादीको अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचन पराजित भएका शर्माले अति कमजोर मत ल्याउनेछन् । 

एमालेको मत पनि विवेकशील साझामा बाँडिनसक्ने आँकलनका कारणले शर्मा चेपुवामा पर्ने देखिएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस, विवेकशील र साझा पार्टीले मत बाँडेको क्षेत्र हो, यो 

Post a Comment

0 Comments