Subscribe Us

गौचनका हत्याका पाँच आरोपित पक्राउ,
हत्याका मुख्य योजनाकार कुख्यात गुण्डा बस्नेत

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

गौचनको हत्या पश्चात गठित अनुसन्धान टोलीले उनिरुलाइ हत्या भएको ३६ दिन पछि पक्राउ गरी मंगलवार सार्बजनिक गरेको हो । 

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न भएका पाँच आरोपितलाई सार्वजनिक गर्दै 

 हत्याका मुख्य योजनाकार फरार रहेको बताएको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राजिब स्याङ्ताङ्ला, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ र काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी रहेका छन् । यि मध्य राजिब स्याङ्ताङ्ला सुटर भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

पक्राउ परेका पाण्डे र महतोले हतियार व्यवस्थापन गरेको, गुरुङले मोटरसाईकलको र बुढाथोकीले सहयोगीको भूमिका खेलेको प्रहरीेले खुलासा गरेको छ । २३ असोजमा शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा अध्यक्ष गौचनमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । उनको हत्यापछि  डिआईजी गणेश केसीको नेतृव्यमा ८ सदस्यको एक टोली गठन गरी अनुसन्धान अगाडी बढाईएको थियो । 

गौचनमाथि फरक फरक पेस्तोलबाट गोली प्रहार भएको अनुसन्धानबाट खुलासा भएको छ । एउटा पेस्तोलबाट गोली प्रहार गर्ने सुटर राजिव स्याङ्ताङ भएको र अर्को फरार रहेको प्रहरीको दाबी छ । गोली प्रहार पश्चात सुटर राजीब मोटरसाइकलको पछाडि बसेर भाग्दै गर्दाको सिसि टिभी फुटेज समेत प्रहरीले फेला पार्न सफल भएको छ ।  संयोग नै मान्नु पर्छ जुन टिसटमा फरार भएका थिए सुटर राजिब त्यहि टिसटमा पक्राउ गर्न प्रहरी सफल भएको छ । 

राजिबले गौचनमाथी गोली प्रहार गर्दा गर्दा क्यापटोपी र ज्याकेट लगाएका थिए । बाटोमा टोपी र ज्याकेट फ्याँक्दै आफ्नो हुलिया बद्ल्दै सिनामंगल पुग्दा उनी टिसर्टमा थिए । गौचनको हत्या गर्न गिरोहले भारतबाट मोटरसाइकल चोरी गरी नेपाली नम्बर प्लेट टासी प्रयोगमा ल्याएका थिए । 

गौचन हत्याका मुख्य योजनाकार कुख्यात गुण्डा नाईके समिरमान सिंह बस्नेत र मनोज पुन सहित अन्य ६ फरार रहेको डिआईजी गणेश केसीले बताए । फरार हुनेमा बस्नेत र पुनसहित लोप्साङ, बोका भनिने गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।     

Post a Comment

0 Comments