Subscribe Us

सूचीमा छिरेपनि संसदमा नपुग्ने को–को ?

काठमाडौं । प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय ३० जना समानुपातिक सांसदको लागि दलहरूले बन्दसूचिमा दर्जनौं चर्चित र यूवा नेताको नाम समावेस भए पनि उनीहरू सांसदमा निर्वाचित हुने सम्भावना छैन ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाको लागि खस आर्य पुरूषतर्फको क्लस्टरमा राप्रपाबाट नेपाली कांग्रेसमा भर्खरै प्रवेश गरेका पोखरा निवासी प्रसिद्ध व्यवसायी सूर्यबहादुर केसीको नाम पाँचौ नम्वरमा राखेको छ । खस आर्य समुदायको प्रतिनिधित्व प्रतिनिधिसभामा जम्मा  २९ प्रतिशित अर्थात ३४ जनाको मात्र हुन्छ । समावेस गरेको छ । 

नेपाली कांग्रेसले ३३ प्रतिशत मत प्राप्त गरेका यो समुदायबाट १० जनाको मात्र प्रतिनिधित्व सम्भव छ। खस आर्यबाट ३३ प्रतिशत महिलाले प्रत्यक्षबाट जित्नु पर्छ नत्र समानुपातिकबाट महिलालाई प्राथमिकता दिएर राख्नु पर्छ । कांग्रेसले प्रतिनिधिसभामा जम्मा ९ जना मात्र मात्र उम्मेदवार बनाएकोले प्रतिनिधिसभामा ति सबैले जिते पनि कांग्रेसको हरेक क्लस्टरमा पुरूषले ४० प्रतिशत मात्र पाउने सम्भावना छ । 

आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधित्व गर्ने सख्या २९ प्रतिशत अर्थात ३१ जना मात्र हो ।  माओवादीले ल्यारक्याल लामाको नाम समानुपातिकको आदिवासी जनजातिको कोटाको पुरूषतर्फ छैटौं नम्वरमा राखिएको छ । तर उनी पनि यो कोटाबाट निर्वाचित हुने सम्भावना छैन 



समानुपातिकमा कांग्रेसले नाम समावेस गरेपनि पुर्वसांसद मोहनप्रसाद पाण्डे, दिलिप सापकोटा, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का समानुपातिकमा पर्ने सम्भावना छैन्। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी ४ नम्वर क्षेत्रमा ठाउँ खाली गरेका सुनसरी कांग्रेसका पूर्वसभापति रामबहादुर बस्नेतको पनि सांसद सपना पुरा नहुने निश्चित छ । बस्नेतको नाम खस आर्यको पुरूषतर्फ १६ औं नम्बरमा राखिएको छ । 

कांग्रेसले नैं आदिवासी जनजातितर्फ पुरूषको पाँचौं नम्वरमा नाम समावेस गरेको पार्टीका पूर्व केन्द्रीय सदस्य तथा चर्चित निर्माण व्यवसायी जीपछिरिङ लामा, छैठांै नम्वरमा नाम समावेस गरिएका अर्का व्यवसायी तथा कांग्रेसका चन्दादाता दिव्यमणी राजभण्डारी, सातौं नम्वरमा नाम राखिएका सभापति देउवाका विश्वास मात्र पूर्वसांसद तथा कांग्रेसको केन्द्रीय कार्यालयको पूर्वमुख्य सचिव जीवनप्रेम श्रेष्ठ र आठौं नम्वरमा नाम राखिएका मोरङ कांग्रेसका पूर्वकोषाध्यक्ष तथा मोरङ कांग्रेसका चन्दादाता गोपालमानसिंह राजभण्डारी पनि सांसद हुने सम्भावना छैन । आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधित्व गर्ने सख्या २९ प्रतिशत अर्थात ३१ जना मात्र हो ।   

काठमाडौं क्षेत्र नम्वर सातवाट बारम्बार उम्मेदवार हुँदै आएकी र अहिले समानुपातिकमा नाम समावेस भएकी प्रमिला सिंह पनि सांसद बन्ने सम्भावना टरेको छ। उनको नाम आदिवासी जनजातिको महिलातर्फ नवौ नम्वरमा छ । त्यस्तै, काठमाडौंकी पूर्वसांसद कृष्णा अमात्यलाई सातौं नम्बरमा र पूर्व सांसद ललिता किङरिङलाई १३ औं नम्वरमा राखिएको छ । मोरङ चार नम्वर क्षेत्रबाट अघिल्लो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित पूर्वसांसद दिलिप गच्छदार खवासलाई पनि यो पटक शहिद बनाइएको छ । उनलाई थारू पुरूषतर्फ दोश्रो नम्वरमा राखिएको छ । थारू समुदायको प्रतिनिधित्व ६ प्रतिशत मात्र छ । नेपाली कांग्रेसले ३३  प्रतिशत मत ल्याएमा यो समुदायबाट २ जना मात्र पर्नसक्ने सम्भावना छ । त्यसमा पनि एक महिलाको प्रतिनिधित्व अनिवार्य जस्तै हुन्छ । यो समुदायबाट कां्रेसले पुरूषमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पद्मनारायण चौधरी र महिला तर्फ पार्बती डीसी चौधरीलाई एक नम्वरमा राखेको छ । 

पूर्वसांसद शम्भु हजारा पासवानलाई दलित पुरूषतर्फको सातौ नम्वरमा राखेको छ । कांग्रेसले दलित क्लस्टरबाट बढीमा चार जना पठाउन सक्ने सम्भावना छ। तर दलित महिलालाई कतैबाट पनि उम्मेदवार नबनाएको हुँदा कांग्रेसबाट दलित पुरूषमा एक नम्वरमा राखिएका मानबहादुर विश्वकर्मा मात्र पर्ने सम्भावना छ । दोश्रो नम्वरमा परेका वाणिज्य मन्त्री समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि निर्वाचित हुन गाह्रो छ । चार जना निर्वाचित गर्नुपर्नेमा तीन महिला र एक पुरूष पर्ने सम्भावना छ । दलित समुदायबाट कांग्रेसले एक जना पनि उम्मेदवार नबनाएकोले ३३ प्रतिशत महिला पुर्याउन समेत कठिन हुने देखिन्छ ।  

मधेशी पुरूषको क्लस्टरबाट उम्मेदवार बनेका  कांग्रेस सिरहाका पूर्वसभापति रामचन्द्र तिवारी चौथो, लक्ष्मण राय पाचौं, फोरम लोकतान्त्रिकका तत्कालिन महामन्त्री भारतेन्दुकुमार मल्लिक सांसदमा निर्वाचित हुने सम्भावना छैन् । किनकी मधेशी कोटाबाट समानुपातिकमा १९ जना मात्र निर्वाचित हुन्छन्। कांग्रेसले मधेशी पुरूषतर्फ पहिलो नम्वरमा नाम समावेस गरेको प्रसिद्ध व्यापारी बिनोद चौधरी र धनुषा कांग्रेसका पाका नेता पूर्वसांसद स्मृतिनारायण चौधरीको नाम पहिलो र दोश्रो नम्वरमा राखेको छ । 

कांग्रेसले मधेशी महिलातर्फ सवैभन्दा पुछरमा निवर्तमान सांसद संगीता मण्डल धानुकको नाम राखेको छ । धानुक यस पटक यो कोटाबाट सांसद हुने सम्भावना टरेको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको दबाबा समानुपातिक तर्फ एक नम्वरमा नाम राखिएका निवर्तमान सांसद अतहर कमाल मुसलमान नैं निर्वाचित हुन कठिन भएको छ । 

२०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र भएर चुनाव जितेर उपाध्यायलाई पराजित गर्न सफल कमाल एक बर्षअघि मात्र कांग्रेस प्रवेस गरेका हुन् । उनलाई मुश्लिम पाँच जना निर्वाचित हुने कोटाको पहिलो नम्वरमा राखेपनि यो कोटाबाट एक जनालाई मात्र प्रतिनिधित्व गराउनु पर्दा महिलाले प्राथमिकता पाउन सक्छन् । जसका कारण मुसलमान छनौट नहुने पनि सक्छन् । 

एक महिनाअघि मात्र एमालेसँग पार्टी विलय गरेका चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेको नाम खस आर्य पुरूषतर्फ नवौ नम्वरमा राखिएकोले उनी यो क्लस्टबाट निर्वाचित हुने सम्भावना छैन । एमाले नेता दिनेशचन्द्र देवकोटा सातौं नम्वरमा परेकोले उनको पनि निर्वाचित हुने सम्भावना छैन् । एमालेकी पूर्वसांसद तीर्था गौतम खस आर्यको महिलातर्फ ११ औं, शर्मीला कार्की १२ औं र निवर्तमान सांसद सीता गिरी ओली १३ औं नम्वरमा समानुपातिकतर्फ परेकी छन् ।  

नेकपा माओवादीसँग आगामी निर्वाचनमा माओवादीकै चुनाव चिन्ह लिएर चुनाव लडेको जनजागरण पार्टी नेपालका अध्यक्ष लोकमणी ढकालको नाम खस आर्यको तेश्रो नम्वरमा राखिएको छ । समाजवादी जनता पार्टीका अध्यक्ष पे्रमबहादुर सिंहको नाम सोही क्लस्टरको चौथो नम्वरमा राखिएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहालको नाम पाँचौ नम्वर, प्रचण्डका स्वकिय सचिव चुडामणी खड्काको नाम सातौ नम्वरमा, तथा कांग्रेसबाट माओवादी प्रवेश गरेका खेमराज भट्ट मायालुको नाम खस आर्य पुरूषको पुच्छरमा राखिएको छ । ढकाल, दाहाल, खड्का र मायालु निर्वाचित हुने सम्भावना छैन ।

माओवादीले खस आर्य कोटाबाट २० प्रतिशत मत पाएमा ६ जना निर्वाचित गराउन सक्छ । माओवादीका महिला उम्मेदवारले प्रतिनिधिसभा तर्फ ३३ प्रतिशत सिट जित्ने सम्भावना नैं नरहेको अवस्थामा यो क्लस्टरबाट चार महिला र दुई पुरूष पर्ने सम्भावना छ । हितराज पाण्डेलाई एक र मणि थापालाई २ नम्वरमा राखिए पनि पिछडिएको क्षेत्रबाटसमेत प्रतिनिधित्व गर्नु पर्ने भएकाले पाँचौ नम्वरमा रहेका प्रेम बहादुर सिंह खस आर्य पुरूषबा पाँचौ नम्वरमा परे पनि माओवादीले निर्वाचित गर्नु पर्ने कानुनी वाध्यता छ ।

माओवादीले ल्यारक्याल लामाको नाम समानुपातिकको आदिवासी जनजातिको कोटाको पुरूषतर्फ छैटौं नम्वरमा राखिएको छ । तर उनी पनि यो कोटाबाट निर्वाचित हुने सम्भावना छैन । माओवादीका निवर्तमा सांसद मानपुर चौधरीको नाम माओवादीले थारू पुरूषतर्फ दोश्रो नम्वरमा राखेको छ । सप्तरी एकबाट निर्वाचित चौधरीलाई समानुपातिकमा सिट सुरक्षीत गर्ने नाममा माओवादीले उनलाई थन्काई दिएका छन् । थारू पुरूषबाट माओवादी केन्द्रले रामजी चौधरीको नाम एक नम्वरमा राखेको छ । 

Post a Comment

0 Comments