Subscribe Us

बम विस्फोटन गराउने विरुद्ध गृहमन्त्रालय मौन

काठमाडौं । मुलुकभर निर्वाचन विरोधी घट्नाहरु भैरहदा गृहमन्त्रालयले सो घट्ना कस्को संलग्नतामा भएको भन्ने केही खुलाउन सकेको छैन । 

काठमाडौ लगायत देशभर बम विस्फोटनका घट्नाहरु हुदा शनिवार आइतबारसम्ममा प्रधानमन्त्री निवास वालुवाटारलेखि उपप्रधानान्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधानसम्मको घरमा विस्फोट भएका छन् ।
तर  गृहमन्त्रालयले यसलाई सामान्य भन्दै आएको छ । सो विषयमा मन्त्रालयमा दिनदिनै गम्भीर छलफल भएपनि कुन समूहले बम विस्फोट गराएको भन्ने विषयमा केही खुलाउन चाहदैन । 

हाल गृहमन्त्री नभएको र गृहमन्त्रालयको जिम्मेवारी पनि स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् । तर उनी निकै व्यस्त छन गृहमन्त्रालयमा पनि जाँदैनन् । गृहमन्त्रालय कसले चलाइरहेको छ भन्ने बारेमा कसैलाई जानकारी छैन । मन्त्रालयमा सचिव समेत अलमलिने अवस्था छ कर्मचारी सबै नयाँ पुराना कर्मचारीलाई यस विषयमा जानकारी समेत दिन चादैनन अहिलेका सचिव मोहनकृष्ण सापकोटा र प्रवक्ता नारायण शर्मा दुवाडी । जसले गर्दा मन्त्रालयका कामकारवाहीहरुमा गतिशिलता नभएको मन्त्रालयकै कर्मचारीहरु बताउन थालेका छन् । 

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी सुरक्षा व्यवस्था कडा पारिएको र बम कस्ले पड्कायो भन्ने विषयमा अनुसन्धान भैरहेको दावी गर्छन । सरकारले मुलुकको सुरक्षा व्यवस्था कडा भएको दाबी गरेता पनि उपत्यका लगायतका स्थानमा सुरक्षा फितलो बन्दै गएको छ ।

 नेकपा विप्लव लगायतका समुहले उपत्यका लगायत देशभर बम विष्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कमजोर बन्दै गएको हो । उपत्याभित्र बम खोज्ने जिम्मा सशस्त्र प्रहरीले पाएको भएपनि प्रधानमन्त्री निवास नजिकै बम पड्किदा सशस्त्र प्रहरीको टोली मुक दर्शकमात्रै भएको अवस्था थियो । मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएकै दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि बम प्रहार भएको थियो  ।  

प्रधानमन्त्री निवास वालुवाटार नजिकै बम विष्फोट भएपछि सरकारले सुरक्षा व्यवस्था कमजोर हुदै गएको आकंलन गरेर निर्वाचन केन्द्रीय कमाण्ड पोष्टको बैठक बसाएको थियो । बैठकले राजधानी लगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाएको जनाएको तर त्यसको भोलीपल्ट भक्तपुरमा महेश बस्नेत, गोपालमान श्रेष्ठ भीमसेनदास प्रधान लगायतको घरमा बम पड्कियो । हालसम्म बम राख्नेमाथी कारबाही गरेको बताएपनि बम प्रहार गर्ने समूह वा व्यक्ति को हो भन्ने प्रश्नको जवाफ दिन मन्त्रालय दिन चाहदैन । 

अधिकांस स्थानमा विप्लव माओवादीले बम विष्फोट गराइरहदा गृह मन्त्रालयले भने अहिलेसम्म पहिचान गर्न नसकेको जनाएको छ । निर्वाचन कमाण्ड पोष्टको बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । राजधानीको विभिन्न स्थानमा वम विष्फोटका घटना बढेपछि सुरक्षा निकायले. राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । 

तर राष्ट्रिय मानव अधिकार आयोग पनि सरकारी सुरक्षा फितलो भएको निकर्ष निकालेको छ । राजनीतिक दलका चुनावी कार्यक्रम एवं उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृंखलाबद्ध बम आक्रमणका घटनाहरुले निर्वाचन सुरक्षा व्यवस्था फितलो हुँदै गएको देखिएको जनाइएको छ । 

यी घटनाहरूबाट मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ लगायतका नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धीहरु,नेपालको संविधान लगायतका कानुनहरु, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनको समेत उल्लंघन भएको आयोगको निश्कर्ष थियो त्यसलाई समेत मन्त्रालयले वेवास्था गरेको छ । 

उता प्रहरीले प्रहरीले हालसम्म वम विष्फोट गराउने घटनामा संलग्न ५ सय ६९ जनालाई पक्राउ गरेको बताएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले पक्राउ परेका मध्य अधिकांस विप्लब माओवादीका कार्यकर्ता भएको बताइरहँदा तालुकदार निकाय मन्त्रालय भने बेखबर भएको जनाउछ  । प्रहरीका हालसम्म २ सय ७० जनालाई हातहतियार, विष्फोटक पदार्थ , पेस्तोल लगायतका समाग्री सहित पक्राउ गरेको हो । पहिलो चरणको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि दोस्रो चरणको निर्वाचनको संघारमा वम विष्फोटका घटनामा वृद्धी भएको छ ।

Post a Comment

0 Comments