काठमाडौं । मुलुकको सवैभन्दा पुरानो, पछिल्लो जनमतको आधारमा सवैभन्दा ठूलो र लोकतान्त्रिक दलको पहिचान बनाएको दल नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पराजय बेहोरेर इतिहासमा लज्जाको रेकर्ड राखेको छ । 

नेपाली कांग्रेसको जन्म, विकास, बिस्तार र पहिचानको लागि धेरैजसो समय नेतृत्वमा रहेका सिन्धुलीको दुम्जा पुख्र्यौली घर भएका कोइरालाहरुले पार्टीलाई परिवारमा परिणत गरेको आरोप लगाउँदै असन्तुष्टहरुको झुण्डलाई बोकेर पार्टी नेतृत्वमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा असफल नेताको परिचय बोक्न वाध्य भएका छन् । 

संघीय प्रदेशको तल्लो सदन प्रतिनिधिसभाको एक सय ६५ सिटको लागि भएको निर्वाचनमा कांग्रेसले २२ सिट सम्म पनि जित्न नसक्नुले पार्टी नेताको रुपमा देउवाको पहिचान असफल भनेर चिनिएको हो । पार्टी जीवनमा संगठनलाई कहिल्यौ पूर्णता दिन नसक्ने जम्वो मन्त्रीमण्डल गठन गर्ने, पार्टी भित्र नेता र कार्यकर्तालाई जिम्मेवारी नदिने र पछिल्लो समय गृह मन्त्रालय जस्तो जिम्मेवार, संवेदनशिल र महत्वपूण मन्त्रालयको नेतृत्व खाली राख्नुले उनी शंकालु प्रवृत्तिको नेता भनेर चिनिएका छन् । 

राष्ट्रिय राजनीतिमा मुलुकका सामू देखा पर्ने जल्दा बल्दा समस्याको निकास, निराकरण, संवोधन र समाधान गर्न पहल नगर्ने अन्तरमुखि स्वभावका देउवाकै नेतृत्वको कारण मासवेस पार्टी भएर पनि जनतालाई पार्टीको नीति र कार्यक्रमप्रति विश्वास दिलाउन नसक्नु देउवाको ठूलो कमजोरी हो ।

 देउवाले विगतमा पार्टी नेतृत्वमा आउनुअघि बनाएका योजना, उदेश्य र घोषणा गरेका कुनैं पनि वाचा पुरा गर्न नसक्नु उनको असक्षमता हो । संगठन, राष्ट्रिय राजनीतिका जल्दो बल्दो बिषयमा मौन बस्नु र कम्युनिष्ट पार्टीबीच तालमेल हुनु नैं कांग्रेस पराजित हुनुको मुख्य कारण हो । देउवा नेतृत्वमा आउपछि उनले कामको बाँडफाँड कसैलाई दिएनन् बरु उनले भएका सबै अधिकार आफैमा केन्द्रीत गरे ।

 यसको उदाहरणको रुपमा उनले पार्टीको सभापति, सरकारको प्रधानमन्त्री, संसदीय दलको नेता जस्ता महत्वपूर्ण पदहरु आफैमा निहित राखेका थिए । देउवाले उपसभापति, एक महामन्त्री, सहमहामन्त्री, पाँच केन्द्रीय सदस्य ४२ वटा विभाग, पार्टी प्रवक्ता जस्ता सबै पदमा कसैलाई पनि चयन गर्न वा जिम्मेवारी दिन चाहेनन् । सत्तामा रहँदा समेत उनले श्रीमती आरजु राणा र नेता विमलेन्द्र निधिबाहेक कसैसँग कुनैं पनि बिषयमा परामर्श लिएनन् । 

प्रधानमन्त्री देउवाका यि दुई पात्र सँधै पद, पैशा र शक्तिलाई मात्र प्राथमिकतामा राख्ने व्यक्ति हुन् । गुट र ससुरालीलाई भन्दा अरु कसैलाई पनि विश्वास गर्न नसक्ने देउवालाई सही वाटोमा ल्याउन बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले कहिल्यै पनि सकारात्मक भूमिका खेलेनन् । देउवाको सदसयता र पारदर्शी स्वभाव तथा अविश्वास कसैलाई नगर्ने उनको कमजोरीलाई सुधार्न भूमिका नखेल्ने पौडेल र कोइरालाको भूमिका पनि कम दोषी छैन् । 

१. विगतमा गुट र समुहका विज्ञको सल्लाह र सु्झावमा एक्सनमा जाने स्वभाव र कार्यशैली परिवर्तन गरी श्रीमती आरजु राणा र नेता विमलेन्द्र निधि जस्ता व्यक्तिगत स्वार्थ बोकेकालाई सम्पूर्ण अधिकार दिनु् । 

२. पार्टीको विधानलाई उलंघन गरी दुई महिना भित्र पूर्णता दिनु पर्ने कुनैं पनि निकायलाई पूर्णता दिएनन्। महाधिवेशन भएको 

२१ महिना वितिसक्दा समेत कुनैं विभाग, समिति, प्रतिष्ठान गठन नगर्नु । 

३. संसदीय दलको उपनेता, सचिव, कोषाध्यक्ष र कार्य समिति सदस्य मनोनित नगरी दलको नेताको कार्यकाल सकाएको । 

४. पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता जस्ता पदमा कसैलाई पनि नियुक्ति नगरी सबै अधिकार आफ्नै मुठीमा लिएको छ।

५. प्रहरी प्रमुख नियुक्ति प्रकरण, प्रधानन्याधीसमाथिको महाअभियोग प्रकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रकरण, भारतले नेपालमाथि नाकाबन्दी लगाउने जस्ता प्रमुख, महत्वपूर्ण र जल्दाबल्दा समस्यामामाथि पार्टीको दृष्टिकोण अस्पस्ट र अलोकप्रीय हुनु । ति घटनामा पार्टीले लिएका एक्सनलाई प्रमाणीत वा पुष्टी गर्न नसक्नु ।

६ पार्टीको टिकट वितरण गर्दा पार्टीका लोकप्रीय र प्रभावशाली केन्द्रीय सदस्यहरु धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, गुरुराज घिमिरे, कल्याण गुरुङलाई प्रतिनिधिसभा, प्रदेश सभाको आठ सय २५ स्थानमा कहीँ कतै उम्मेदवार नबनाउनु।

७. पार्टीका ३० जना जिल्ला सभापतिलाई चिढाएर ८२५ स्थानमा कतैपनि उम्मेदवार नबनाएको ।

८. निवर्तमान सांसद र पार्टीका पुराना, त्यागी, सक्षम, योग्य र यूवालाई उम्मेदवार नबनाई व्यापारी, मेनपावर व्यवसायी र ठेकेदारलाई उम्मेदवार बनाएको ।

९. गुटको सिफारिसमा मात्र उम्मेदवार बनाएको। उम्मेदवार चयन गर्दा पार्टीमा गरेको योगदानको आधारमा भन्दा श्रीमती आरजु राणाको सिफारिमा परेका २० प्रतिशत, विमलेन्द्र निधि (वालकृष्ण खाँडसहित) को सिफारिसमा २० प्रतिशत, गुटका समर्थक र अन्धभक्तको सिफारिसमा २० प्रतिशत, रामचन्द्र पौडेलको सिफारिसमा ३० प्रतिशत र सिटौला तथा खुमबहादुर खड्काको सिफारिसमा मात्र उम्मेदवार चयन गरेको ।

१०.सरकार सञ्चालनका क्रममा कर्मचारीतन्त्र, निर्वाचन आयोग, सुरक्षा निकायलाई समुचित र विश्वाशिलो ढंगले परिचालन गर्न नसकेको र विपक्षी दलको योजना, रणनीति र कार्यक्रमलाई बुझ्न नसकेको ।

Post a Comment

 
Top