Subscribe Us

आयोजकको कमजारीले डेजाभू ध्वस्त,
. २६ फागुणमा सलमान नआए के होला टुडिखेल ?

काठमाडौं । गत बुधवार मध्यराति काठमाडौंको दरबारमार्गमास्थित डिस्को डेजाभूमा भएको तोडफोडको मुख्य कारण चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले भएको कारण देखाउँदै आयोजक समुह उम्कने प्रयासमा छ ।

डिस्को संचालकले आयोजकलाई दोष लगाए पछि आयोजक समुहले डिजे नआएको कारण डिस्कोमा आएका ग्राहकले तोडफोड गरेको भन्दै प्रहरी समक्ष बायन दिएका छन् । तर प्रहरीले भने पक्राउ परेका आयोजक र डिस्को संचालकलाई मतियार मान्दै ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ । 

मार्समेलो आउने भनी प्रतिब्यक्ति ४ हजार देखी ७ हजार सम्म र भिआईपी टिकट भन्दै १० हजार रुपैयाँसम्म बिक्री बितरण गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । डिस्कोमा रमाउने पारखीहरु सँग दुई करोड भन्दा बढी पैसा असुलेको आरोप आयोजक र डिस्को सञ्चालकमाथी  लागेको छ । डिस्कोको क्षमता भन्दा बढी टिकट बिक्री बितरण गरेको कारण ठगीको उद्देश्यसमेत देखीएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

बुधवार साझ ९ बजे अन्तर्राष्ट्रिय डीजे मार्समेलोलेले डेजाबु डिस्को तताउने समय तोकिएको थियो । तर दुई बजसम्म मार्समेलोले डिस्कोमा उपस्थित नभएपछि डिस्कोका ग्राहक तोडफोडमा उत्रिएका थिए । ४ हजार भन्दा बढी युवा युवतीको भिडभाड हुने र चर्चित अन्तर्राष्ट्रिय कलाकार मार्समेलोले उपस्थित हुने स्थानमा आयोजक समुहले सुरक्षा निकायलाई जानकारी नगराएका कारणले पनि आयोजक समुहले ठगीको मनसाय राखी उक्त टिकट बिक्रीबितरण गरेको आशंका प्रहरीले गरेको छ । 

उता मार्समेलोले भने आफू बिरामी भएको कारण आउन नसकेको तथा क्लाब मालिक र आयोजक समुहको कुनै दोष नभएको भन्दै इन्स्टाग्राममा मार्फत सार्बजनिक गरेका छन् । यस्ता कार्यक्रमको आयोजना गर्ने ईभेन्ट कम्पनीको कमजोरीको कारण यस्ता घटना हुदै आएका छन् । 

सहमती अनुसारको पैसा समयमा पुर्याउन नसक्दा यस्ता घटना हुँने गरेको स्रोत बताउँछ । चार बर्ष अगाडी पनि ओडीसी इन्टरटेनमेन्टले करोडौं रुपैंयाको टिकट बिक्री गरी कार्यक्रम रद्ध गरेको थियो । 


७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा ल्याएर सबै भन्दा ठूलो कार्यक्रम गरेको भन्दै चार बर्ष अगाडी दीप पर्पल कन्सर्ट गर्ने भन्दै करोड उठाएको ओडीसी इन्टरटेनमेन्टले फेरी ‘दबंग, “द सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने भन्दै बजार तताएको छ । १३ मार्च २०१३ मा “दीप पर्पल लाईभ ईन नेपाल‘ गर्ने भन्दै ओडीसीले ५ सय देखी दश हजार सम्म टिकट बिक्री गरी ठगी गरेको थियो । 

सम्बन्धी निकायले ध्यान नदिदा सर्बसाधारणको करोडौं रुपैंयामा ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुङले मोजमस्ती गरेका थिए ।  उनै सिमान्त गुरुङ प्रवन्ध निर्देशक ओडीसीले फेरी सलमान खान नेपाल ल्याएर फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग, द सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने सञ्चारमाध्यम मार्फत हल्ला चलाएको छ । 










Post a Comment

0 Comments