Subscribe Us

अब बिदेशमा होईन आफ्नै देशमा काम गरौ प्रकाश अर्याल

“ प्रवासको आम्दानी स्वदेशमा लगानी – प्रवासीको साथ परिवारको हात” भन्ने मूल नारा का साथ गत बर्ष २०७३ साल मा स्थापना भएको युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा ली का अध्यक्ष श्री प्रकाश अर्याल ज्यु संग हाम्रो उज्यालो एक्सप्रेस डट कम तथा काष्ठमण्डप टेलिभिजन का संचालक तथा बरिष्ठ संचारकर्मी श्री दिपक खांड ज्यु ले लिनुभएको कुराकानीः

१.प्रकाश जी आजकल के गर्दै हुनु हुन्छ ? 
नमस्कार दिपक जी साथै सम्पूर्ण बिश्व भर रहनु भएका हाम्रो यस उज्यालो एक्सप्रेस डट कम तथा काष्ठमण्डप टेलिभिजन का दर्शक महानुभावहरुमा, म कतार मा कार्यरत छु । साथै नेपाल मै केहि गरु भनेर युथ भिजन इन्भेष्टमेन्ट कम्पनी मार्फत बिभिन्न प्रोजेक्ट हरुमा रिसर्च गरिरहेको छु ।
Image title
२.युथ भिजनको बास्तबिक रुपमा के हो ? अलि प्रस्ट पारिदिनुस न ? 
बिगत लामो समय देखी प्रवासमा रहेर बिभिन्न क्षेत्रमा काम गरिरहेका केही साथीहरु मिलेर अब आफुले सिकेका सिप अनुभव र योग्यता अनुसार आफ्नै जन्मभुमी नेपालमा फर्किएर समाज तथा देशमा नै रहेर विभिन्न क्षेत्रमा लगानी गरि व्यावसायिक कार्य गरि प्रतक्ष्य तथा अप्रत्यक्ष रुपमा बेरोजगारी समस्या समाधान तथा नेपाल खत्तम छैन है , यहा ंधेरै अवसर हरु छन , यहां नै बसेर पनि काम गर्न सकिन्छ भन्ने उत्प्रेरणा अहिलेका युवा हरुलाई दिनको लागि नेपालको कानुन अनुसार र कम्पनी रजिस्टार को कार्यालय अन्तर्गत दर्तागरि खोलिएको एक प्राईभेट कम्पनी हो । युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा.ली.ले हालसम्म रत्ननगर चितवन मा युनाइटेड बेभरेज प्रा.लि संग सहकार्य गरि स्वोदेशी जुस “पल्पी जुस” उत्पादन गरेको छ र दोश्रो प्रोजेक्ट नारायणगढमा सम्पूर्ण कपडाहरुको भण्डार “द वन पाभीलियन ” संचालन को अन्तिम तयारी मा छौ र अन्य प्रोजेक्ट हरुमा पनि रिसर्च हुदैछ  
Image title
                                                                                    अध्यक्ष   प्रकाश अर्याल 
३ं युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा ली  को मुख्य उदेश्य जनता सामु र नेपाल तथा बिदेशमा रहनु हुने नेपाली युवा हरुलाई प्रस्ट पारिदिनुस न ?
आज पनि हाम्रो नेपाल को त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट दैनिक १५००  बढी युवा शत्ति बैदेशिक रोजगारी मार्फत देश छोड्नु परिरहेको कुरा हजुर हाम्रो अगाडी प्रस्ट छ । त्यस मध्ये  ५० प्रतिशत  युवाहरु खाडी मुलुक युएई, साउदी, ओमान, कतार, इजराएल, बहराइन, तथा मलेशिया जस्ता देश हरुमा जाने गर्दछन ।  हामि आफै पनि सोहि समस्या भोगिरहेका छौ र बिगत १० वर्ष देखि खाडी मुलुक मा कार्यरत छौ । यहा हामीले आफ्नो आखाले देखेका छौ नेपाल बाट आउने ती युवा शक्ति मध्य ७५ प्रतिशत भन्दा बडी तल्लो स्तरको काममा आएर दिनरात नभनी काम गर्नु परेको छ, त्यसमाथि प्रवास मा आउने समस्या जस्तो राम्रो कम्पनी नपर्ने , दलालमा फस्ने, तलब समयमा नपाउने , बिरामी हुदा औसधि उपचार राम्रो संग गर्न नसक्ने जस्ता समस्या हरु पनि छन् , त्यसका बाबजुद महिना भरि परिश्रम गरेर आफुले पाउने र जोगाउने भनेको २० देखि २५ हजार नेपाली रुपैया हो । त्यसको बिकल्पमा हामीले आफुले भोगेको अनुभव लाई प्रयोग मा ल्याउने हिसाब ले सम्पूर्ण प्रवासी नेपाली हरु तथा नेपालमा नै अवसर खोजिमा रहनु भएका युवाहरुलाई समेट्ने गरेर युथ भिजन इन्भेष्टमेन्ट कम्पनीको अवधारणा ल्याएका छौ जस अनुरुप युथ भिजन इन्भेस्टमेन्ट कम्पनी लाई प्रोजेक्ट प्लान शेअर गरेर नेपालमै बिभिन्न क्षेत्रमा काम गर्न सकिन्छ वा यो कम्पनी ले गर्न लागेका प्रोजेक्ट हरुमा आफ्नो इच्छा अनुरुप लगानी गरेर लगानीकर्ता बन्न सक्नुहुनेछ  । यस कम्पनीको मुख्य उदेश्य भनेको नेपालमै बिभिन्न क्षेत्रमा लगानी गरि व्यावसायिक आयाम थप्ने र बेरोजगारी समस्याको समाधान गर्ने, युवा शक्तिलाई आफ्नै दे मा काम गर्ने अवसरको बातावरण बनाउने साथै राष्ट्रियता भावना लाई अझ प्रगाढ बनाउने नै हो ।
४. नेपाल बाट बिदेशिएका जतिपनि युवाहरुलाई के फाइदा हुन्छ ?
विशेष गरेर मध्यपुर्ब देशमा कार्यरत जतिपनि नेपालीहरु हुनुहुन्छ उहाहरु कुनै न कुनै समय आफ्नै देश फर्किनु पर्ने हुन्छ ।  यहाँ युरोप , अमेरिका , अस्ट्रेलिया जस्ता बिकशित मुलुकमा जस्तो ग्रीन कार्ड पद्दति हुदैन । आफ्नो शरीरमा बल छउन्जेल काम गर्ने अनि पछी फर्किने नै हो , यस्ता देशमा कार्यरत नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको लागि सेफ ल्यान्डिङ हो युथ भिजन इन्भेष्टमेन्ट कम्पनी ।  हजुरहरुले अहिले प्रवाश मा काम गरेर कमाई रहनु भएको छ । आज त्यही आम्दानी मध्ये केहि रकम युथ भिजन को प्रोजेक्ट मा लगानी गर्नुस भोलि नेपाल मा आएपछि हजुर लाई सदा को लागि आम्दानी को बाटो हुन्छ , काम गर्नको लागि ढोका खुल्छ र त्यो भन्दा पनि महत्वोपुर्ण अब आउने जेनेरसनको लागि नेपालमै बसेर काम गर्ने उत्प्रेरणा मिल्नेछ  । 
५. आज भन्दा केहि वर्ष अगाडी पनि त्यस्ता कुरा र भिजन लिएर आएका धेरै कम्पनी तथा संस्था हरुले नेपालका धेरै युवा हरुलाई प्रलोभनमा पारेर ठुलो मात्रामा रकम हिना मिना गरेको तितो यथार्थ तपाई हामि समक्ष छ । बिभिन्न नेटवर्किङ कम्पनीको नाममा नेपाली युवा हरु ठगिएका छन् यसै बिचमा हजुर हरुको यो युथ भिजन इन्भेष्टमेन्ट कम्पनीको अवधारणा के फरक छ ? र किन हजुर हरुको प्रोजेक्ट मा लगानी गर्ने , विश्वास गर्ने आधार के छन ? 
सबैभन्दा पहिलो कुरा हामीले बुझ्नु पर्ने यो कम्पनी नेटवोर्किंग कम्पनी होइन, हामी कम्पनी रजिस्टारको कार्यालय अन्तर्गत कानुनि प्रक्रियामा दर्ता भएर नेपाल अधिराज्य भरि कार्यछेत्र बनाएर बिभिन्न ब्यवसाय गर्नको लागी तयार भएका हौ । स्थानीय सरकारी निकाय तथा आन्तरिक राजस्व का सम्पूर्ण मापदण्ड पुरा गरेर पारदर्शी हिसाबले व्यावसाय गरिनेछ  । युथ भिजनका प्रोजेक्ट हरुमा लगानी गर्नु भन्दा पहिले लगानीकर्तालाई हामीले हाम्रो उदेश्य र काम प्रस्ट रुपमा राख्नेछौ  । कुनै झुटो आश्वासन नदिइकन आफुले प्रवासमा बगाएको पसिनाको मूल्य तिर्नको लागि आफ्नो जन्मभुमी मा उत्प्रेरणा जगाउने खालका काम गरिनेछ ।  लगानीकर्ता लाई लगानीको प्रमाणपत्र तथा सदस्यता कार्ड दिईनेछ र यदी लगानी फिर्ता गर्न को लागि पनि सजिलो तरिका बनाईनेछ । हामीले लगानीकर्ता लाई दिनको दुगुना रातको चौगुना बनाउछौ भनेर भन्दैनौ तर तपाइँ खाडी गएर कमाउने २५ हजार रुपया आफ्नै परिवारको साथ बसेर युथ भिजनका प्रोजेक्टमा काम गरेर येही नेपाल मै परिश्रम गर्नु होस । यदी सक्नुहुन्छ भने केहि रकम लगानी गर्नुस र ब्यावसायी बन्नुस भन्छौ । यदी हजुरहरु संग कुनै प्रोजेक्ट प्लानहरु छन् भने आउनुहोस् छलफल गरौ अनि काम गरौ भन्छौ ।  बांकि उहाहरुको इच्छा , यसमा सकारात्मक सोचको आवस्यकता पर्दछ ।
६. प्रवासको कमाई लाई स्वोदेश लगानी गर्ने यो सोच तपाईलाई कहाबाट आयो ?
Image title
                                                                                  अध्यक्ष   प्रकाश अर्याल 
 आज भन्दा करिब १२ बर्ष अगाडी युएई मा एउटा सामान्य कामदार को रुपमा मासिक २० हजार कमाएर आफ्नो घर बेबार मिलाउछु भनेर बैदेशिक रोजगारी मार्फत प्रवास छिरेको मान्छे म आज सम्म नेपाल फर्किन सकेको छैन , बार्षिक बिदामा नेपाल जादा आफ्ना साथीहरु तथा भाईहरु नेपालमा नै सफल ब्यवोसायी भएर आफ्नो परिवार संगै जिबन यापन गरिरहेको देख्दा किन म चाहि मुग्लान भासिए भन्ने तितो अनुभव थियो र एउटा बलियो सकारात्मक टिम निर्माण को लागि अवसर हेर्दै थिए । युएई , ओमान हुदै बिगत ७ बर्ष देखी कतार मा कार्यरत छु र येहा मेरो जस्तै सोच भएका साथीहरु हप्ता मा हुने एकदिन को छुट्टि मा आपस मा भेटघाट गरी आखिर कहिले सम्म येहा बसेर काम गर्ने ी? भोलि नेपाल गएर के काम गर्ने ? भन्ने बिषयमा छलफल गर्न थाल्यौं र समाज तथा देशमा एउटा उदाहरण बन्ने खालको र युवा शक्तिलाई नेपाल मै काम गर्ने वतावोरण बनाउनको लागि गत बर्ष युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा ली दर्ता गरेर काम गर्न शुरु गरेको हो । 
७. एउटा सामान्य परिवार को युवा जो धेरै लगानी गरेर व्यावसाय गर्न सक्दैन र उसको व्यवसमयी बन्ने सपना लाई सानै लगानी बाट पनि साकार पार्नको लागि यस्तो परिकल्पना कसरी आयो ?
हामी धेरै जना एक सामान्य परिवारका हौ र पारिवारिक पृष्ठभुमि हाम्रो पनि व्यावसाय होइन । यो सबै अहिले को आवस्यकता हो ।  प्रवासको भोगाई र नेपाल खत्तम छैन है भन्ने सकारात्मक सोच को उपज हो । सामुहिक लगानी मार्फत धेरै ठुला ठुला काम हरु भएका छन् ।  सामुहिक काममा धेरै अनुभव र ज्ञान को मिश्रण हुने गर्दछ र एक थुकी सुकि सय थुकी नदि भने जस्तो आज मैले गरेको सानो मात्रा को लगानीले मलाई आफ्नो पनि स्वामित्वको व्यावसाय जो सदैको लागि आम्दानीको श्रोत बन्नेछ साथै काम गर्न को लागि आफ्नै प्रोजेक्ट मा अवसर हरु मिल्नेछ  । 
.मुख्यरुपमा तपाईले चितवन लाई नै केन्द्र बिन्दु मा लिनु को कारण के हो ? 
यस युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा ली मा आजका मिती सम्म हामी १८ जना संचालक छौ । बिभिन्न देशमा रहेर आफ्नो काम गरिरहेका छौ र आफ्नो देश नेपालमा लगानी गरि व्यावसायी बन्ने लक्ष्य लिएका छौ र आफु मात्र नभएर धेरै भन्दा धेरै नेपाली हरु संग सहकार्य गरि अगाडी बढ्ने छौ १ यसै क्रम मा हामी धेरै जना संचालक हरु चितवन जिल्लाबाट हुनु हुन्छ र हाम्रो पहिलो र दोश्रो प्रोजेक्ट पनि चितवन बेस भएकोले युथ भिजन ले के चितवन मा मात्र गर्ने हो र भन्ने परेको हुन सक्छ तर तेस्तो होइन ।  यो युथ भिजन इन्भेष्टमेन्ट कम्पनी एउटा माउ कम्पनी हो र यसले नेपाल अधिराज्य भित्र कहिँ पनि लगानी को अवसर हेरेर , रिसर्च गरेर विभिन्न क्षेत्र मा काम गर्ने छ ।
९. भावी दिन हरुमा नेपाल को कुन कुन जिल्ला मा काम गर्ने बिचार मा हुनु हुन्छ ?
हाल सम्म त पाइपलाईन मा रहेका प्रोजेक्ट हरुमा रिसर्च हुदै छ , दोश्रो प्रोजेक्ट त्इए संचालन मा आएपछि नेपाल का मुख्य सिटि हरु जस्तो काठमाण्डौ , पोखरा, हेटौडा , पूर्व तथा पश्चिम बाके , नेपालगंज जस्ता शहर हरुमा यसको फ़्रान्चाइज़् स्थापना गर्ने सोच छ र बिशेष गरेर काठमाण्डौ मा नै २,४ वोटा प्रोजेक्ट हरु गर्ने योजना मा छौ । 
१०. कुन कुन क्षेत्र मा लगानी गर्दै हुनु हुन्छ ?
हाल सम्म हामीले स्वोदेसी जुस – पल्पी जुस तथा कपडा को ब्यवोसाय मा लगानी गरेका छौ र निकट भबिष्य मै साना तथा मझौला उधोग , पर्यटन तथा शिक्षा र कृषि क्षेत्र मा लगानी गर्ने योजनामा छौ । 
११. खअन्त्यमा लगानी गर्न इच्छुक नेपालीहरु  तथा बिदेशीहरु लाई के भन्न चाहनु हुन्छ ?
सर्बप्रथम त दिपक जी तथा उज्यालो नेटवर्क डट कम , काष्ठमण्डप टि भी टिम लाई हार्दिक धन्यबाद दिन चाहन्छु । सम्बभत युथ भिजन इन्भेष्टमेन्ट कम्पनी प्रा लि को यो पहिलो एक्स्पोज हो, आफ्नो स्थापना को उदेश्य सारा नेपाली हरु माझ राख्न को लागि अवसर दिनु भएकोमा ।  प्रवासमा काम गर्दा नेपाल प्रति हुने प्रेम र सामुहिक लगानी मार्फत ब्यवोसाय गर्न को लागि तथा हाल बिभिन्न राजनीतिक परिस्थिति ले गर्दा बिदेशिएका युवा हरु माझ एउटा उत्प्रेरक को भूमिका निभाउन हामी तयार छौ आउनुहोस सबै मिलेर काम गरौ आफ्नो जन्मभुमीमा । आजको लगानी भबिस्य सुनिस्चित बनाउन को लागि । जय नेपाल, जय युथ भिजन 
Image title

Post a Comment

0 Comments