Subscribe Us

आइजीको समर्थनमा खनाललाई पछार्ने दाउमा केसी समुह

काठमाडौं । धमीरा जता लाग्यो त्यता त सत्यनास नै हुन्छ । त्यहि भएर होला नेपालमा पुरानो उखान नै छ तेरो घरमा धमीरा लागोस् भन्ने । हो, त्यस्तै धमीरा नेपालको एउटा सुरक्षा निकायमा सल्किएको छ, त्यो हो सशस्त्र प्रहरी बल । त्यहाँ धमीरा लागेदेखि संगठन भित्र एक अर्काका विरुद्ध चरित्र हत्या गर्ने क्रम शुरु भएको छ । 

मूल धमीराको नेतृत्व गरेका छन् कार्य विभागका एआईजी पुष्पराम केसीले । उनी अहिले आफु भन्दा ११ महिना जेष्ठ एआईजी शैलेन्द्र खनाललार्ई पछारेर आईजीपी हुने दाउमा छन् । जसका लागि उनले संगठन भित्रकै केहि अवसरवादीहरुलाई हतियार बनाएका छन्, सहायक धमीराका रुपमा । उनलाई मुख्य रुपले सघाउनेमा कानुन शाखाका डिएसपी युवराज अर्याल र केन्द्रिय लेखा विभाग प्रमुख डिएसपी होम ज्ञवाली पर्छन् । 

त्यसैगरि आर्थिक प्रशासन महाशाखाका एसएसपी अभी खत्री, प्रवन्ध शाखाका डिएसपी पूर्ण साउद, कार्य विभागका डिआईजी चिरञ्जीबी अधिकारी र आईजीपी सचिवालयका एसएसपी राजु अर्यालले पर्दा भित्रका खेलाडिका रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् । यसमा आईजीपी सिंहबहादुर श्रेष्ठकोे पनि मौन समर्थन छ । 

यो समूहले सशस्त्र प्रहरी वलकै स्रोत साधनको दुरुपयोग गरेर संगठनकै हित विपरित कार्य गरि रहेको प्रमाण जनप्रहारलाई प्राप्त भएको छ । शुरुमा संगठन भित्र सेवा समूह गठनका लागि यो समूहले नियमावलि संसोधन गर्न सफल भएको छ । जसमा न्याय
सेवा समूहको नेतृत्व डिएसपी युवराज अर्यालले गरेका छन् । उनी सेवा प्रवेश गरेदेखि सोहि समूहमा थिए । लेखा समूहमा डिएसपी होम ज्ञवाली छिरेका छन् । वर्षौदेखि सशस्त्र प्रहरीवल हेडक्वार्टरमा एकछत्र राज चलाउँदै आएका उनीहरुले आईजीपीलाई खेलाउनमा खप्पिस छन् । शैलेन्द्र खनाल आईजीपी बने सेवा समूह नरहने र आफुहरुलाई डाँडा कटाउने डरले यि दुईले पुप्पराम केसीलाई मुख्य रुपले सघाई रहेका छन् । 

त्यसैगरि आर्थिक प्रशासन महाशाखाका एसएसपी अभी खत्री पछिल्लो समयमा नयाँ खेलाडिका रुपले चिनिएका छन । नेपाल प्रहरीका चतुर डिआईजी छवी जोशीको आफन्त पर्ने खत्रीले वल भित्रका सूचनाहरु बाहिर पुर्याउने तथा व्यवहारमा दुबै समूहसँग नजिक भएको भान पारिरहे पनि उनी अन्तिममा पुप्परामलाई आइईजीपी बनाउनु पर्छ भन्दै लबिङमा छन् । उनको सम्पर्कमा केहि ठेकेदारहरुले यस विषयको जानकारी सार्वजनिक गरेका छन् । 

त्यसैगरि प्रवन्ध शाखाका डिएसपी पूर्ण साउदले पनि दुई समूहसँग समानान्तर सम्बन्ध बनाएपनि अन्तमा उनी पनि पुष्परामसँग मिलेका छन् । जे भएपनि हामीले छोरी दिएका छौं सम्बन्ध तोड्न नमिल्ने भन्दै पुष्पराम समूहलाई आर्थिक जोहो मिलाई दिने अभियानमा उनी लागेका छन् । यस वाहेक डिआईजी चिरञ्जिबी अधिकारी र एसएसपी राजु अर्यालले गोप्य रुपमा संगठनका विरुद्ध मिडिया प्रयोग गरिरहेका छन् । 

अहिले यो समूह सशस्त्र प्रहरी वलमा तीस वर्षे सेवा अवधि हटाउन लबिङमा छ । ३० वर्षे सेवा अवधि हटाउँदा अहिलेका आईजी सिंहबहादुर श्रेष्ठले दुई वर्ष अझै खाने र उनी अवकास हुन अघि नै अबको चार महिनापछि आईजीपी हुने शैलेन्द्र खनाल घर जाने भएकाले सो समूह यस्तो लविङमा लागेको हो । सशस्त्र प्रहरी वल स्रोत भन्छ,...निर्वाचन अघि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणालाइ पेस्कि बुझाई सकेको सो समूह अहिले खनाल कालो कांग्रेस भएको प्रचार गर्दै हिडेको छ । 

Post a Comment

0 Comments