Subscribe Us

पूर्ब डिआईजी सिलवालको शानदार जीत

ललितपुर ।  क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका नवराज सिलवालले भारी मतान्तरले विजय हासिल गरेका छन् । पूर्वडीआईजीसमेत रहेका सिलवालले नेपाली कांग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदय शमशेर राणालाई पराजित गरेका हुन् । 

सिलवालले ६ हजार २ सय २२ मतान्तरले जीत हासिल गरेका हुन् । उनले समग्रमा २६ हजार ९ सय ५१ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राणाले २० हजार ७ सय २९ मत हासिल गरे । तत्कालीन समयमा नेपाल प्रहरीका आईजीपीका लागि दाबेदारीका लागि एक नम्बरमा रहेका डीआईजी सिलवाललाई नेपाली कांग्रेसको अगुवाइमा आईजीपी हुनबाट रोकिएको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा तेस्रो वरीयताका जयबहादुर चन्दलाई सरकारले आईजीपी बनाएपछि सिलवालले आफू योग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सिलवाललाई आईजीपी बनाउन परमादेश पनि दिएको थियो । तर, उक्त परमादेशलाई बेवास्ता गर्दै तत्कालीन सरकारले दोस्रो वरीयताका प्रकाश अर्याललाई आईजीपी बनाएको थियो । 

सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै पुनः सर्वोच्च पुगेका सिलवाललाई पक्राउ गर्ने, झूठा आरोप लगाउने जस्ता काम सरकार नै लागेको थियो । सिलवालले मुद्दा जित्ने भएपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गरिएको थियो । 

सर्वोच्च आफ्नो मुद्दा खारेज गरेपछि डीआईजी पदबाट राजीनामा गर्दै सिलवाल नेकपा एमालेमा प्रवेश गरेका थिए । कांग्रेसबाट अन्यायमा परेका सिलवाल अन्ततः कांग्रेसकै नेतालाई निर्वाचनमा हराउँदै संघीय संसद्मा सांसद बन्न सफल भएका छन् । 

Post a Comment

0 Comments