Subscribe Us

पराजय पीडा भन्दा पदको चिन्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी अध्यादेश जारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिइरहेको बेला कांग्रेसका केही नेताहरू भने राष्ट्रिय सभामा आफूलाई समेट्नु प¥यो भन्दै लविङ शुरू गरेका छन् ।

यसरी राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्न चाहने कांग्रेसका कुनै चानचुने नेता नभएर भावि प्रधानमन्त्री हुँ भन्दै प्रतिनिधिसभाको गत मंसिर २१ गतेको निर्वाचनअघि भाषण गर्दै र गराउँदै हिँड्ने शीर्ष नेता भन्न रूचाउने रामचन्द्र पौडेल र विमलेन्द्र निधि हुन् । 

आफूहरूले राष्ट्रिय सभाको सदस्य भएर सांसदको लोगो लगाउन नपाए कांग्रेस धराशयी हुने, लोकतन्त्र खतरामा पर्ने र संविधान नैं कार्यान्वयन नहुने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरूले धम्क्याउन थालेका छन् । 

आफूलाई अपराजित र लोकप्रीय नेता भनेर सँधै दाबी गरिरहने कांग्रेस नता रामचनद्र पौडेल तनहुँ दुईबाट र आफूलाई मधेशको मसिहा ठान्ने विमलेन्द्र निधि धनुषा तीनबाट राजेन्द्र महतोसँग लज्जास्पद हार बेहोरेका छन् । पौडेल र निधि दुवैलाई आफू पराजित भएको, पार्टी पराजित भएको र राष्ट्रपतिले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी अध्यादेश जारी नगर्दा उत्पन्न हुने सम्भावित संवैधानिक संकटको बिषयमा कुनै चिन्ता गरेका छैनन् । दुवै नेताको चिन्ता यतिवेला राष्ट्रिय सभामा आफूहरूलाई देउवाले उम्मेदवार बनाएर सांसद बनाउलान वा नबनाउलान भन्नेमा चिन्ता छ । 

निधिले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई २०७० सालमा संविधान जारी गर्ने वेलामा प्रदेशको सीमा र सख्याको बिषयमा असहमति र असहयोग गरेका थिए । उनैले प्रहरी महानिरिक्षक नियुक्ति प्रकरण, प्रधानन्यायाधीश महाभियोग प्रकरण र लोकमानसिंह कार्की महाभियोग प्रकरण र भारतले नेपालमाथि लगाएको नाकाबन्दीको बिषयमा देउवालाई असहयोग गरेका थिए ।
 उनले पछिल्ला दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधामन्त्री पदबाट राजिनामा दिन नलगाएको भए एमाले र माओवादीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल नहुने र निर्वाचनमा पराजय समेत भोग्नु नपर्ने तर्क गरेका छन् । उनले देउवाले प्रधानमन्त्री पद लिनु नैं कांग्रेस पराजयको कारण हो भन्दै कांग्रेसका नेता, कार्यकर्ता र केन्द्ीय सदस्यहरूलाई भन्दै हिँडेका छन् ।

 निधिले आफू उपप्रधानमन्त्री तथा गृह मन्त्री भइरहेको भए आम्दानी गर्न पाईने, देउवाको अधिकार कटौति गर्न सकिने र आफू शक्तिशाली हुने उदेश्य राखेका थिए । निधिले मधेशवादी दल फोरम र राजपासँग तालमेल गर्ने घोषणा गरेको तर कार्यान्वयन गर्न नसकेको आफ्नो कमजोरीलाई भने स्वीकारेका छैनन् । उनले राप्रपासँग तालमेल गरेर कांग्रेसलाई घाटा हुने काम गरेका थिए । 
पार्टी पराजयको खोजी गर्ने  र सुधार गर्न सकिने बिषयमा कांग्रेसका यूवा नेताहरूले छलफल चलाई रहेको बेला आफूलाई भावि प्रधानमन्त्रीको दावी गर्ने रामचन्द्र पौडेलले देउवासँग त्यस्तो कुनैं गुनासो गरेका छैनन् । उनले राष्ट्रिय सभामा आफूलाइृ नलगे देउवाबिरूद्ध गगन थापालाई उचाल्ने चेतावनी दिएका छन् । 

पौडेलले आफू सांसद नभए आफ्नै गुटबाट महामन्त्री भएका डा. शसांक कोइराला पार्टीमा हावी हने भन्दै सांसद पद चाहियो भन्दै देउवासँग अनुनय विनय गरिरहेका छन् । पौडेलको यस्तो पद लोलुपतलाई बुुझेका देउवाले पनि निर्वाचनमा पराजय भोगेको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक करिव दुई सातासम्म पनि बालाएका छैनन् । 

निर्वाचनको परिणामलाई लिएर यूवा नेता गगन थापा, धनराज गुरूङ, कल्याण गुरूङ, बद्री पाण्डे, गुरूराज घिमिरे, सुरेन्द्र पाण्डे, रामहरि खतिवडा लगायतले पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नु पर्छ भन्दै अभियान चलाए पनि देउवा इत्तरको बेग्लै गुट चलाएका पौडेलले भने देउवाको विरूद्ध चुइँक्क पनि बोल्न सकेका छैनन् । 

कांग्रेस नेता पौडेलसँग प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगका नुवाकोटे नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी, मोरङका महेश आचार्यहरूले सांसद हुनु प¥यो भन्दै देउवाको चाकडीमा लागेका छन् । उनीहरूलाइ पार्टीले पराजय बेहोरको बिषयमा कुनैं चिन्ता नभएको रर छलफल समेत आवश्यक भएको भन्ने बिषयमा कुनैं माग समेत राखेका छैनन् ।  

Post a Comment

0 Comments