Subscribe Us

टेलिकमको फोरजी विस्तारको जिम्मा चाइनिज कम्पनीलाई

काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी नेटवर्क विस्तार तथा स्तरोन्नतिका शुरु गरेको प्रक्रियामा ३ कम्पनी इच्छुक देखिएका छन् । टेलिकमले देशभर फोरजी नेटवर्क विस्तार तथा स्तरोन्नतिका लागि आह्वान गरेको बोलपत्रको अन्तिम दिन सोमबारसम्म हुवावे, जेडटिई र माभिनियरले प्रस्ताव पेस गरेको टेलिकम स्रोतले जानकारी दिएको छ । 
टेलिकमले गत १७ कात्तिमा ३ करोड ८० लाख अमेरिकी डलर नबढ्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । टेलिकमले देशभर दूरसञ्चार क्षेत्रमा चौथो पुस्ताको प्रविधि मानिने एलटिई अर्थात् फोरजी कोर नेटवर्कको आपूर्ति, प्राप्ति र जडानका प्रक्रिया अगाडि बढाएको थियो ।
सोमबार नै खोलिएको बोलपत्रमा चिनियाँ कम्पनी जेडटिईले सबैभन्दा कम अर्थात् १ करोड ५३ लाख ६ हजार अमेरिकी डलर रकम प्रस्ताव गरेको छ । यद्यपि, चीनकै अर्को कम्पनी हुवावेले कोर नेटवर्क अपग्रेडको काम ९९ लाख अमेरिकी डलरमा सम्पन्न गर्ने छुट्टै अफर अगाडि सारेको छ । हुवावेले टेलिकमको अधिकतम सीमा ३ करोड ८० लाख अमेरिकी डलरको बोलकबोलसमेत गरेको छ ।
हङकङको माभिनियर सिंगापुर सिटियुएस कम्युनिकेसन सिंगापुरले समेत संयुक्त रूपमा बोलपत्र दर्ता गराएका छन् । सिटिएसको नाममा दर्ता गराइएको उक्त प्रस्तावमा २ करोड १० लाख अमेरिकी डलर उल्लेख गरिएको छ । बोलपत्र दर्ताका लागि अन्तिम मिति ६ पुस तोकिएकोमा कम्पनीले सोमबारसम्मका लागि म्याद थप गरेको थियो । 

Post a Comment

0 Comments