Subscribe Us

नाम फेर्दै, क्यासिनो खोल्दै,
राज्यको कर नतिर्ने होटल मालिकलाई सलामी बुजाउँदै क्यासिनो चलाउँदै

काठमाडौं । राजधानीका अधिकांश क्यासिनो अहिले खुल्ला छन्् । केही समय अगाडी कर र होटल मालिक सँगको विवाद पछि बन्द रहेका क्यासिनो अहिले नाम परिवर्तन गरी पुनः सञ्चालनमा आएका छन्् । 

राज्यको करोडौं कर छली गर्दै आएका ति क्यासिनोले होटल मालिकसँगको मिलोमतोमा सोही होटलमा पुनः नाम परिवर्तन गरी क्यासिनो सञ्चालन गर्न थालेका छन्् । 

सोल्टी होटलमा रहेको क्यासिनो सोल्टी अहिले माजोङको नामबाट सञ्चालनमा आएको छ । होटल हायातमा रहेको क्यासिनो ताराबाट अहिले क्यासिनो प्राइड भएको छ । अन्नपूर्ण होटलको क्यासिनो अन्न पनि बन्द गराई नयाँ क्यासिनो सुरू गर्ने तयारीमा क्यासिनो माफिया विनय साह लागी परेका छन्् । उनको क्यासिनो सुरूवातीको अन्तिम चरणमा पुगेको छ ।

 उता मल्ल होटलको क्यासिनो भेनस पनि बलिज्य नाममा परिवर्तन भई यसै साता बाट पुनः सञ्चालनमा आएको छ । उक्त क्यासिनोलाई श्रीलंङ्कन कम्पनीले सञ्चालनमा ल्याएको हो । यि सबै होटलमा सञ्चालन भईरहेको क्यासिनोले यस अघि करोडौं रूपैंया राजश्व तिरेका छैनन् । 

देशका विभिन्न भागमा रहेका ८ वटा क्यासिनोहरूबाट सरकारले १ अर्ब ३२ करोड ८० लाख ९४ हजार ४ सय ५६ रूपैयाँ रोयल्टी असुल्न बाँकी छ । तर ति सब क्यासिनो सञ्चालन गर्ने कम्पनी हाल फरार छन्् । तर होटलवालाको मिलोमतोमा क्यासिनो भने त्यहि समुहका केही व्यक्तिले नाम परिबर्तन गरी सञ्चालन गर्दै आएका छन्् । होटल मालिकले यस्ता क्यासिनोका संचालकसँग क्यासिनो सञ्चालन गर्न दिए बापत आजकल सलामी समेत लिन थालेका छन्् । स्रोतका अनुसार पहिलाको कम्पनीले तिर्नुपर्ने भाडाको हिसाब गरी होटल मालिकले सलामी लिदै आएका छन्् । 

विनय साहलाई क्यासिनो सञ्चालन गर्न दिए बापत होटल अन्नपूर्णकी सञ्चालक सिर्जना राणाले दश करोड अबैध तरीकाले सलामी बापतको रूपैंया लिएकी छिन्् । पछिल्लो समय दुईले भने क्यासिनो सञ्चालन गर्दै आएका समुहले राज्यको कर नतिरी अदालतको सेटिङमा स्टे अडरकै भरमा क्यासिनो चलाउदै आएका छन्् ।

 स्टे अडरकै भरमा क्यासिनो सञ्चालन गर्नेमा लाजिम्पाटस्थित होटल र्याडिसनको क्यासिनो ¥याड र याक यण्ड यति होटलको क्यासिनो रोयल हो । अदालतको सेटिङमा दुई बर्ष देखी यि क्यासिनोले स्डे अडर कै भरमा क्यासिनो सञ्चालन गर्दै आएका छन्् ।

Post a Comment

0 Comments