Subscribe Us

थाइल्यान्डमा मिल्यो बाम एकता डिल

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने डिल पक्का भएपछि ओलीलाई मोदीको अर्को बधाई 

काठमाडौं । प्रधानमन्त्री पदका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादीको जिम्मा लगाउने डिल थाइल्यान्डमा फिक्स गरेका छन् । 

बामपन्थी एकताको सुत्राधार भारतीय अधिकारीहरूको सहजीकरणमा यस्तो डिल मिलेको हो । पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा लगाउन ओली तयार भएपछि भारतले उनलाई प्रधानमन्त्रीमा स्वीकार्ने भएको छ । भारतीय पक्षले केन्द्रिय सरकार अझ बलियो बनाउनका लागि मधेसवादीको समर्थन पनि दिलाउने वाचा गरेको थियो । 

भारतीय अधिकारीको यस्तो वाचापछि प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी ओलीलाई नेपालको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपूर्व नै बधाई दिएका छन् । असलमा ओली प्रधानमन्त्री निर्वाचित हुनासाथ मोदी नेपाल भ्रमणमा आउने र कतिपय सम्झौता तयार पारिने उच्च स्रोतले जनायो । 

१७ असोजदेखि सुरू भएको बाम एकतामा भारतीय पक्ष असन्तुष्टमात्र होइन आगामी प्रधानमन्त्रीमा ओलीलाई हेर्नै चाहने अवस्थामा थिए । भारतविरोधी गतिविधि र नाराका कारण ओलीले जनतम बलियो बनाएको अवस्थामा कांग्रेसको साथ छोडी माओवादी एमालेसँग ढल्किएपछि एकता विभाजन गर्न भारतीय पक्ष सक्रिय थियो । 

भारतीय गुप्तचर संस्था रअका अधिकारी बाम एकताको विषयमा बुझ्नका लागि ओली र प्रचण्डसँग बारम्बार सम्पर्कमा थिए । प्रचण्डलाई त रअ अधिकारीले भारतको सहभागीता विनाको एकताको औचित्य नहुने धम्की समेत दिएका थिए । भारतीय अधिकारीले ओलीलाई कुनै पनि अर्थमा प्रधानमन्त्रीमा हेर्न नचाहेको जवाफ दिएपछि एकतामा भारतीय पक्षको स्थान सुरक्षित पार्दै प्रधानमन्त्री पदमा आफुलाई सुनिश्चित गराउन ओली थाइल्यान्ड पुगेका थिए । 

मोदीका खास सल्लाहकारमार्फत आफुले अध्यक्ष छाडी एक कार्यकाल मात्र प्रधानमन्त्री पद लिने र त्यसमा सहयोग गर्नका लागि ओलीले अनुनय विनय गरेको स्रोतको दाबी छ । थाइल्यान्डमा भएको गोप्य सहमतिका विषयमा प्रचण्डबाहेक ओलीले पार्टीका अन्य नेतासँग छलफल गरेका छैनन् । एकताका लागि संयोजन समिति र कार्यदल बनाएर ओली–प्रचण्डले नयाँ नयाँ सुझावमात्रै दिएका छन् । बाँकी कुरा भनेका छैनन् । 

एकताको कुरा चलेपछि अहिलेसम्म ओली र प्रचण्डको १८ पटक भेट भइसकेको छ । ओली र प्रचण्डबीच शुत्रबार तीन घण्टा र शनिबार दुई घण्टा बालकोटस्थित ओली निवासमा कुराकानी भएको थियो । आइतबार दुवै नेता एकता संयोजन समितिको वैठकमा पनि बसेका थिए । ओली र प्रचण्डले पार्टी एकताबारे आफूहरूबीच असाध्यै सकारात्मक वातावरणमा छलफल चलिरहेको र वैचारिक एवं संगठनात्मक विषयमा एक–दुई दिन थप छलफल गरेर वैचारिक र संगठनात्मक कार्यदल गठन गर्न बैठकमा प्रस्ताव गरेका थिए ।


Post a Comment

0 Comments