Subscribe Us

किन चलाइयो पक्राउ पुर्जीको हल्ला ?
कानुनतः यसलाई भन्छन पक्राउ पुर्जी

काठमाडौं । मंगलवार साझ एका एका सञ्चार माध्यममा पूर्ब डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुले पक्राउ पुर्जी जारी गरेको समाचारले बजार ततायो । 

काठमाडौं परिसरले ललिपतुर परिसरलाई सिलवाललाई उपस्थित गराइदिन आग्रह गर्दै सामान्य रुपमा लेखिएको एवटा पत्रलाई आधार मानेर मै हुँ भन्ने पत्रकार र तिनका सञ्चार माध्यमले पक्राउ पुर्जीको अर्थ नबुझी अफवाह फैलाउने कोशिस गरे । 

अनुसन्धानको दायरामा तानिएका व्यक्ति उपस्थित गराउन प्रहरीले सम्बन्धित जिल्ला वा प्रहरीका कुनै युनिटलाई पुलको काम गर्नको लागी जारी गर्दै आएको पत्रलाई पक्राउ पुर्जीको नाम दिदै समाचार प्रकाशित भयो । 

जुन पत्र यस्तो छ । 




कानुनतः फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम पक्राउ गर्नु पर्ने ब्यक्ति पक्राउ नपरेसम्म पक्राउ पुर्जी सार्वजनिक गर्न पाईदैन । तर काठमाडौं परिसरले ललितपूर परिसरलाई काटेको उक्त पत्र जसलाई सञ्चारमाध्यम र केही प्रहरीले समेत पक्राउ पुर्जीको नाम दिएका छन, उक्त पत्र काठमाडौंको टेकुबाट ललितपूरको जाउलाखेल परिसर नपुग्दै केही सञ्चार माध्यमबाट बाहियो । 

यसबाट पनि सिलवाललाई पक्राउ गर्नु भन्दा उनको चरीत्र हत्या गर्न खोजेको पुष्टी हुन आउँछ ।  सिलवाललाई पक्राउ गरेर अनुसन्धान अगी बढाउनु पर्ने भए ललितपूर परिसरलाई पक्राउ पुर्जी काटेको नाटक मञ्चन गर्न आबाश्यक छैन । 

काठमाडौं परिसर आफैले वा अपराध महाशाखाको टोलीले उपत्यकाको कुनै ठाउँबाट सहजै पक्राउ गर्न सक्छ । भारतको बिभिन्न ठाँउबाट आरोपित वा अभियुक्तहरु पक्राउ गरी काठमाडौंमा पक्राउ परेको मुजुल्का बनाएर मुद्दा चलाउने प्रहरीले ललितपुरबाट सिलवाललाई पक्राउ गर्न कुनै आईतवार थिएन । 



सांसद सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा स्पेसल गेष्ट स्पीकरको रुपमा भाग लिन आईतवार मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए । तर मंगलवार र बुधवार सञ्चार माध्यममा पक्राउ पुर्जी जारी भएसँगै सिलवाल वेपत्ता भन्ने खालका समाचार बाहिरिए । 

कुनै कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु पर्ने भएमा, त्यसको कारण खुलाई सम्भब भएसम्म पक्राउ गर्नु पर्ने व्यक्तिको पहिचान खुल्ने बिबरण सहित पक्राउ पुर्जी जारी गर्न अनुमतिको लागि मुद्दा हर्ने अधिकारी समक्ष निबेदन दिए मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ९ को उपदफा ६ संग सम्बन्धित पक्राउ पुर्जी जारी गर्न सक्छ । 

जसको ढाँचा यस्तो हुन्छ, जसलाई कानुनतः पक्राउ पुर्जी भनिन्छ । 


प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएसँगै सिलवालको पछाडी राज्य नाङगो भएर लागेको छ भनेर आम जनताले बुझ्न थालेका छन् । 

उता सिलवालले भने आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको सबैलाई जानकारी रहेको भन्दै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेको भनाई केही सञ्चार माध्यमबाट बाहिर ल्याएका छन् । 

सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको लज्जास्पद पराजयको प्रतिशोध लिन र पार्टीभित्रको बहस अन्यत्र मोड्न देउवाले आफूबिरुद्ध सिलसिलेवार प्रोपोगाण्डा मच्चाएको आरोप लगाएका छन् ।

उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका गरेका छन् ।



Post a Comment

0 Comments