Subscribe Us

प्रधान न्यायाधिस गोपाल पराजुलीद्धारा कानुन व्यवसायीलाई ज्यान मार्ने धम्की,
जिउधनको माग राख्दै बरिष्ठ अधिबक्ता भण्डारी प्रशासनको शरणमा

काठमाडौं । सर्बोच्च अदालतका प्रधान न्यायाधिस गोपाल पराजुली बिरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरी परेको छ । शान्ति सुरक्षाको माग गर्दै बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले उजुरी दर्ता गराएका हुन । 

प्राध्यापक डाक्टर गोबिन्द केसीको मुद्दामा बहस पैरवी गरेको तथा गत बिहीवार नागरिक दैनिकमा त्यहि सम्बन्धित लेख प्रकाशित भएपछि आफूलाई ज्यान मार्ने धम्कि आएको दाबी गर्दै अधिबक्ता भण्डारीले जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ता गराएका छन् । 

१६ माघमा समेत शंखमुलस्थित आफ्नो कार्यलयमा समेत केही अज्ञात व्यक्ति पठाएको भण्डारीले दर्ता गराएको उजुरीमा उल्लेख छ । प्रधान न्यायाधिस पराजुलीले ९८५२०३१६६६ मोबाईल नम्बर प्रयोग गरी धम्क्याएको प्रशासन कार्यलयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

आफ्नो जिउधनमा तलमाथी भए यसको जिम्मेवार प्रधान न्यायाधिस पराजुली हुने हुँदा कानुन बमोजिम कारवाही गर्न अधिबक्ता भण्डारीले जिल्ला प्रशासन गुहारेका छन् । 

Post a Comment

0 Comments