Subscribe Us

चाइनिजको कब्जामा भिमफेदी कारागार

काठमाडौं । कारागारमा आफु बिरुद्ध बोल्ने ६ जनालाई गंभिर घाईते हुनेगरि कुटपिटमा संलग्न रहेका एकजना कैदी कारागार ब्यवस्था विभागका केही भ्रष्ट कर्मचारीको आडमा जेल प्रशासनलाई उल्टो थर्काउन थालेको खबर प्राप्त भएको छ ।

विभागले कानुन मिचेर मध्य क्षेत्रिय कारागार भिमफेदीको नयाँ बल्कका चौकिदार बनाएका चाइनिज भनिने रमेश लामाको समुहले पुस १३ गते ६ जनालाई गंभिर घाइते हुनेगरि कुटपिट गरेको थियो । घाइतेमध्ये एक दिब्यकुमार श्रेष्ठ अझै हेटौडामा रहेको चुरेहिल अस्पतालमा उपचाररत रहेका छन ।

कारागारको आन्तरिक प्रशासन अन्र्तगत रहेका टेलिफोन सेवा, किराना पसल र भेटघाट सुविधा नियमभन्दा दोब्बर दररेट गरेको र कैदीबन्दीलाई लगातार दुब्र्यवहार भएपछि केही कैदी बन्दीले हिम्मत गरेर आवाज उठाएका थिए । तर आफु बिरुद्ध बोलेको भन्दै चौकिदार लामा र उनको समुहले निर्घात कुटपिट गरेको हो ।

कारागारमा सरुवा भएर केही समयअघि मात्र कार्यभार सम्हालेका चिरञ्जिबी थापाले कुटपिटमा संलग्न समुहका कारण आन्तरिक सुरक्षा खतरामा रहेको जानकारी विभागमा गराएपनि उनी बिरुद्ध कारवाहीको साटो उल्टो थापालाई नै सरुवागर्ने प्रपञ्चमा विभाग लागेको छ ।

जेल प्रशासनको नियम अनुसार झडपगर्ने समुहलाई तत्काल जेल सरुवा गरेर सुरक्षा ब्यवस्था मिलाउने गरिन्छ । तर किर्ते कागजपत्र बनाएर कैदी भगाएको आरोप लागेर तारेखमा रहेका रमेश लामाले पैसाको आडमा विभागबाट सहुलियत पाउदै आएका छन ।

भिमफेदी कारागारमा आफ्नो एकक्षत्र राज चल्ने भन्दै लामा समुह दमनमा उत्रिएपछि कैदीबन्दीले विभाग, गृह मन्त्रालय र अख्तियारमा हारगुहार गरेपछि विभागले निर्देशक कृष्णप्रसाद आर्चायको नेतृत्वमा छानबिन समिती बनाएको छ । विभाग स्रोतका अनुसार आर्चायको छानबिन समितीले रमेश लामा भन्दापनि त्यहाँका जेलर थापालाई हटाएर अर्का विवादास्पद जेलर मात्रिका दाहाललाई पठाउने प्रपञ्च अनुसारको प्रतिवेदन बनाउने तयारी गरेका छन ।

यता, कारागारका कैदीबन्दीले बुधबार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग र नेपाल पत्रकार महासँघलाई पत्र लेखेर आफुहरु बिरुद्ध दमन भै रहेको जानकारी गराउने तयारी थालेका छन ।‘जेलर थापाले न्यायका पक्षमा बोलेका छन, दमनगर्ने समुहले पैसाको सेटिङ मिलिसक्यो, विभाग हाम्रो हो भन्दै थर्काउदै छन, हामी न्यायका लागि हारगुहार गरिरहेका छौं,’ एकजना कैदीले टेलफोनमा भने ।

Post a Comment

0 Comments