Subscribe Us

सशस्त्र प्रहरी बलमा भ्रष्टको दबदबा


काठमाडौं । सशस्त्र प्रहरी बलमा पाँच एआईजी थप्न तिब्र लविगं शुरु भएको छ । नेपाल प्रहरीमा १५ एआईजी बनाएसँगै सशस्त्रमा पनि दरवन्दि थप्ने चलखेल सुरु भएको हो । हाल ६ एआईजी रहेको सशस्त्रमा ५ थपेर ११ पु¥याउन चलखेलमा प्रधानमन्त्री पत्नी आरजुको योजनामा मुख्य सचिव लोकदर्शन रेग्मी लागि परेका छन् । राम्रै उठ्न्ती भएपछि रेग्मी अहिले सशस्त्रको संगठन नै ध्वस्त हुने गरी, योजनाबिना नै खल्ति भर्ने स्वाथ अनकुल सशस्त्रको एआईजी कोटा थप्न लागी परेका छन् । कुनै सशस्त्रको कुनै प्रतिबेदन र सरकारी योजना बिना नै एआईजी थप्न मुख्य सचिव लोक दर्शन रेग्मी आफैले सक्रियता देखाएपछि भाबी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई साता अगाडी रेग्मीलाई चेतावनी समेत दिएका थिए । 

तर अध्यक्ष ओली र प्रधामन्त्री पत्नी आरजुलाई जोख्दै आएका रेग्मीले एकको कुरा अर्कालाई लगाएर ठिक पार्दै आएका छन् ।
आफ्नै बहिनी ज्वाई डिआईजी सुबोध अधिकारीलाई जसरी भए पनि विशिष्ठ श्रेणीको एआईजी बनाउन उनले अर्थ मन्त्रालयको वजेट महाशाखाका प्रमुख सहसचिव गोकुल भण्डारीलाई हटाएर आफ्नो विश्वासिलो पात्र ल्याएका छन् । भण्डारीले सशस्त्रमा एआईजी थप्न नसकिने बताएपछि उनलाई मुख्यसचिव रेग्मीले हटाएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा निकायमा दिर्घकालिन महत्वका निर्णय नगर्न र नगराउन मुख्यसचिव रेग्मीलाई सचेत गराएको भएपनि उनल दोष जती आरजुलाई देखाउँदै ओलीको आँखामा छारो हाल्दै आएका छन् ।
एआईजीका लागी अघिल्लोपटक बढुवा भएका चार डिआईजीहरु जानकी भट्टराई, सुवोध अधिकारी, निराक्रमबिक्रम शाह र खडानन्द चौधरी लविङमा छन् । उनिहरु बढुवा नभए डिआईजीको पदावधि हदका कारण आगामी चैत ११ गते अनिवार्य अवकास पाउने छन् ।
  • दरबन्दी थपेर कुर्सी लम्ब्याउने 
  • खेलमा पाँच डिआईजी
  • संगठनलाई आवश्यकता हो वा होईन, थप एआईजीलाई दिने जिम्मेवार के, लेखाजोखा नगरीकन आफ्नो दुनो सोझ्याउनकै लागि पाँच एआईजीको दरबन्दी थपेर मुख्यसचिव रेग्मी र आरजुले करोडौं कुम्ल्याउने योजना बनाएका छन्
सशस्त्र प्रहरी वल निकट स्रोतका अनुसार एआईजी बढुवाकालागी डिआईजी भट्टराईले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अधिकारीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र मुख्यसचिव रेग्मीमार्फत् लविंग गरेका छन् । भट्टराईले डेढ करोड र अधिकारीले ७० लाख रुपैंया भेटि बुझाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दुवै डिआईजीहरुले अहिले आफु कार्यरत ईकाइबाटै सो रकम उठाउन सुरु गरेका छन् । भट्टराई सशस्त्र प्रहरीको इटहरीस्थित बाहिनीको वाहिनीपति छन् भने अधिकारी पोखरा स्थित मुक्तिनाथ बाहिनीको बाहिनीपति हुन् । भट्टराई र अधिकारी दुवै जना पटक–पटक कारबाही भोगीसकेका अधिकृत हुन् । ईन्सपेक्टर कुटपिट प्रकरणमा दुई पटक कार्वाही भोगेका भट्टराई र तालिम गर्दा हतियार नै हराएर कार्वाहीमा परेका अधिकारीलाई एआईजी बढुवासंगै आईजीपीको सपना देख्न थालेका छन् ।

Post a Comment

0 Comments