Subscribe Us

सुन तस्करीमा नयाँ गिरोह

काठमाडौं । चीनको केरूङ नाका हुँदै राजधानी काठमाडौंमा अबैध सुन भित्रिने क्रम रोकिएको छैन । 
प्रहरीले जति नै सुरक्षा चेकजाँचमा सक्रियता देखाएपनि तस्करले विभिन्न तरिका अपनाई सुन काठमाडौं भित्राउन छाडेका छैनन् । 

समय अनुसार तस्करहरू पनि फेरिँदै आएका छन् । विभिन्न समयमा पक्राउ परेका सुनको अनुसन्धानबाट पनि यो कुरा पुष्टि हँुदै आएको छ । 

दुई दशक अगाडी विवादित व्यापारी दिपक मल्होत्राको समुहबाट सुरू भएको सुन तस्करीमा अहिले पाँच दर्जन भन्दा बढी समुह को सक्रियता छ । पछिल्लो समय बौद्धमा आफ्नो अखडा जन्माएर एक समुहले सुन तस्कर गर्दै आएको गोप्य सुचना जनप्रहारले पत्ता लगाएको छ । 

टिपटेन नागरिक आम्दो नवाङ, आम्दो साङठुप, आम्दो टासीले बौद्धमा बसेर सुन तस्करी गर्दै आएका छन् । स्रोतका अनुसार चीनको नाका केरूङबाट पठाएको सुन लिने र उक्त सुन केही बजार पढाउने वा केही फेरी काठमाडौं टाज्जिट गरेर भारत पठाउन यो गिरोह सक्रिय हँुदै आएको  छ । 

पुराना सुन तस्करलाई प्रहरीले निगरानी बढाए पनि  अहिले यो समुह बौद्ध र स्वमभू क्षेत्रमा सक्रिय हँुदै आएका छन् । प्रहरीले पटक–पटक सुन बरामद गरेपछि पुराना तस्कर भने यतिखेर गुमनाम भएका छन् । केही पुराना चिनियाँ र टिपटेन नागरिक भने सुन तस्करीम फस्ने डरले फरार भएका छन् । तर यि तीन तस्कर भने दुई महिना देखि बौद्धमा डेरा जमाएर सुन तस्करीम सक्रिय हुँदै आएका छन् । 

प्रशासनको आँखा छल्दै पछिल्लो समयमा केरूङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन तस्करी हुँदै आएको छ । तर, कयौं पटक भने प्रहरी र सरकारी कर्मचारीकै संलग्नतामा सुन तस्करी भइरहेको पनि पुष्टि भइसकेको छ ।

Post a Comment

0 Comments