Subscribe Us

एआईजी केसीले गर्दै छन सिपाही हबल्दारमाथी झेली,
दश करोड खाने यस्तो छ केसीको दाउ

स्थानिय चुनावमा बितरण गरेको  १० हजार ९ सय ७० का दरले १० हजार सशस्त्र प्रहरीको चुनावी भत्ता लगभग दश करोड हुन जान्छ । 

काठमाडौं । भावी आईजीको रूपमा आफुलाई प्रस्तुत गर्दै हिँडेका सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीले नयाँ तरीकाबाट करोडौं रूपैंया घोटला गर्न लागेको आरोप लागेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको चुनावमा सशस्त्र प्रहरीलाई दिनु पर्ने चुनावी भत्ता वितरण नगरेपछि एआईजी केसीमाथी उक्त आरोप लागेको हो । 

चुनावमा जिल्ला र जिल्ला बाहिर खटिनेलाई भत्ता बितरण भईसकेको छ भने, भिआईपीको सुरक्षामा खटिने र स्ट्यान्डबाई रहने प्रहरीलाई भने एआईजी केसीले चुनावी भत्ता वितरण नगरेपछि उनी माथि भत्तामा घोटाला गरेको आरोप लाग्न थालेको हो । यस अघि स्थानीय चुनावमा चुनाव हुन भन्दा एक साता अगाडी नै यी प्रहरीले समेत भत्ता पाएका थिए । निर्वाचन सेल कार्य विभागका प्रमूख एआईजी केसीको मातहत छ ।  

निर्वाचन सेल डिआईजी सुरजकुमार श्रेष्ठको कमाण्डमा छ । तर, एआईजी केसीले प्रहरीको भत्ता वितरण नगरे पनि यतिखेर डिआईजी श्रेष्ठ तनावमा छन् । स्थानीय चुनावमा भिआईपीको सुरक्षामा खटिने र स्ट्यान्डवाई रहने प्रहरीलाई प्रति व्यक्ति १० हजार ९ सय ७० का दरले भत्ता बितरण गरिएको थियो । 

तर अहिले यी टोलीलाई भत्ता वितरण नगरीयपछि सशस्त्र भित्र असन्तुष्टि छाएको खबर छ । उपत्यका, बाहिर जिल्ला र कार्यारत रहेकै जिल्लामा खटिने प्रहरीको भत्तामा समेत हेरफेर भएपछि सशस्त्र प्रहरी भित्र चुनावी भत्तामा घोटाला भएको आशंका गर्न सकिन्छ । 

स्थानीय चुनावमा एक थरी र अहिलेको चुनावमा एक थरी भत्ता हुन नर्पर्ने जिकिर गर्दै एक सशस्त्रका अधिकृतले भने, ‘छानबिन भए एआईजी केसी दोषी ठहर हुन्छन् । स्टोर आगलागी काण्डमा समेत उनको हात हुन सक्ने आशंका यतिखेर सशस्त्र भित्र चलेको छ ।’ पूर्वआईजी कोषराज वन्तको आदेशमा एआईजी केसीको डिजाईनमा स्टोरमा आगलागी भएको स्रोतको दाबी छ । 

चुनावी भत्ताको कागजात समेतमा आगलागी भएको स्रोत बताउँछ । कार्यलय सुरक्षा, भिआईपी सुरक्षा र स्ट्यान्डवाई बस्ने १० हजारको हाराहारीमा सशस्त्र प्रहरी छन् । स्थानीय चुनावमा वितरण गरेको  १० हजार ९ सय ७० का दरले १० हजार सशस्त्र प्रहरीको चुनावी भत्ता लगभग दश करोड हुन जान्छ । यो पैसामा एआईजी केसीले आँखा गाडेको आरोप यतिखेर सशस्त्र प्रहरीले लगाएका छन् ।

Post a Comment

0 Comments