Subscribe Us

रियल मड्रिड बार्सिलोना भन्दा १६ अंकले पछाडि

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–० को अग्रता लिन सफल रह्यो ।
दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । तर, अतिरिक्त समयमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।
यसैबीच सोहि दिन भएको अर्को खेलमा रियल मड्रिडले सेल्टाभिगोसँग २–२ गोलको बराबरी खेलेको छ । रियलका लागि दुबै गोल २० सेप्टेम्बरपछि पहिलो पटक फस्ट इलाभेनमा परेका ग्यारेथ बेलले गरेका थिए । खेलमा अग्रता भने घरेलु टोली सेल्टाभिगोले लिएको थियो । ३३ औं मिनेटमा डानियल वासले गोल गरे । तर, तीन मिनेटपछि नै वेलले बराबरी गोल फर्काए ।
त्यसको दुई मिनेटपछि नै दोस्रो गोल गर्दै वेलले रियल मड्रिडलाई २–१ गोल अन्तरको अग्रता दिलाए । तर, ८२ औं मिनेटमा गोमेज गोन्जालोजले गोल गरेपछि सेल्टाभिगोले २–२को बराबरी खेल्यो । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ४८ अंक छ भने भने रियल मड्रिड ३२ अंकसहित चौथो स्थानमा छ । तर, उसले एक खेल कम खेलेको छ । 

Post a Comment

0 Comments