Subscribe Us

अल्पमतमा पर्ने भएपछि शशांकको शरणमा देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी नलिने र असन्तुष्टलाईपनि पेलेर जाने रणनीति लिएका छन् ।

देउवाबिरूद्ध असन्तुष्ट नेता पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेल, खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला ग्रुप खुलेर लागेपछि सभापति देउवा महामन्त्री तथा वीपी पुत्र डा. शशांक कोइरालाको शरणमा पुगेका छन् । 

देउवालाई २०७२ साल फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा जिताउन सहयोग गर्ने तथा उनकै समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसी, युवा नेता चन्द्र भण्डारी समेत देउवाबिरूद्ध एकजुट भएका छन् । देउवालाई महाधिवेशनबाटै सहयोग गरेका भण्डारीलाई देउवाले कुनै विभागका जिम्मेवारी वा मन्त्री बनाएका थिएनन् भने केसी र सिटौलालाई प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको आफूले सिफारिस गरेकाको नाम समावेस गर्नु त परै जाओस बन्दसूचीमा राखिएको समानुपातिक उम्मेदवारको नाम समेत देखाइएको थिएन । 

आफुहरूलाई देउवाले सभापतिमा जित्नको लागि समर्थन लिएको तर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै पौडेल गुटपछि सबैभन्दा क्रुद्ध सिटौला र केसी गुट भएको छ । सिटौला गुटलाई केन्द्रीय कार्य समिति सदस्य मनोनयन गर्दा नसमेटेको र दुई जनालाई मन्त्री बनाउन सिफारिस गर्दा समेत वेवास्था गरेका थिए । 

केसी भने मन्त्रीपरिषद् गठन गर्दा आफूलाई स्थानीय विकास वा भौतिक पूर्वाधारमध्ये एउटा मन्त्रालय दिन गरेको आग्रहलाई अस्वीकार गरेपछि केसी पनि देउवासँग असन्तुष्ट छन् । अर्का प्रभावशाली नेता खुमबहादुर खड्कालाई पनि महाधिवेनको समयमा गरेको प्रतिवद्धता बमोजिम उपसभापति नियुक्ति नगरेको, समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्दा आफ्नो सिफारिसलाई प्राथमिकता नदिएको र आफ्नो सिफारिसमा दुई जनालाई पनि मन्त्री नबनाएको भनेर असन्तुष्ट छन् ।

देउवा गुटकै विमलेन्द्र निधिले भने आफूलाई चुनौति दिँदै समानान्तर गुट खडा गरेको, आइजी नियुक्ति प्रकरणमा असहयोग गरेको र दुई नम्वर प्रदेशमा फोरम र राजपासँग सहकार्य गर्न नसकेको भन्दै देउवा निधिसँग क्रुद्ध छन् । निधिले आफूलाई देउवाको उत्तराधिकारी हँु भन्दै सोमबार प्रकाशित पत्र पत्रिकामा समाचार लेखाउने गरेकोमा देउवा झन निधिसँग सशंकित भएका छन् । 

निधि पनि देउवाले आफूलाई भन्दा श्रीमती डा. आरजु राणा र प्रभावशाली नेता खुमबहादुर खड्कालाई प्राथमिकता दिएको भनेर असन्तुष्ट बनेका छन् । देउवाले पनि आफूले पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतले गर्ने हरेक निर्णयमा अहिले निधिलाई थाहा नदिने गरेका छन् । वालुवाटार स्रोतका अनुसार देउवाले गर्ने हरेक निर्णय आरजुको नेतृत्वमा रहको पाँच सदस्य टिमले अनुमोदनपछि मात्र कार्यान्वयन हुने गरेको छ । 

आरजुको टिममा तरूण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत रहेका छन् । देउवाले आफ्नो उत्तराधिकारीको रूपमा आरजुलाई अघि सारेपछि देउवा गुटका पूर्णबहादुर खड्का, एनपी साउद, विमलेन्द्र निधिले पूर्ण सहयोग गरेका छैनन् । खड्का र साउदले आफूहरूलाई नेतृत्व हस्तान्तरण गरेमा देउवामाथिको प्रहारलाई छेक्ने क्षमता आफूहरूमा रहेको वताउँदै आएका छन् । 

देउवाले प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गर्दा सबैभन्दा असन्तुष्ट आरजु समूह बनेको थियो तर पूर्णबहादृर र एनपी साउदले भने समर्थन गरेका थिए । सबैतिरबाट बिरोध हुन थालेपछि देउवा यतिवेला आफ्नै गुटका झुण्डलाई फकाउन छोडेर यूवा नेताहरूको गुटलाई फुटाउनमा व्यस्त भएका छन् । 

उनले सात यूवा नेताले तत्काल महासमिति बैठक बोलाएपछि अत्तालिएका थिए । उनले तत्कालय यूवा समूहका नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर फुटाएका छन् भने अर्का यूवा नेता तथा रामचन्द्र पौडेल समूहका नेता बद्रीप्रसाद पाण्डेलाई राष्टियसभा सदस्यमा उम्मेदवार बनाएर जिताएका छन् । 

पाण्डेलाई सांसद बनाएसँगै यूवा गुट मात्र कमजोर भएको छैन कि आफूसँग सभापतिमा प्रतिष्पर्धा गर्ने पौडेललाई ठूलै झड्का दिएका छन् । पाण्डेलाई राष्टिय सभाको टिकट देउवाले दिएजस्तो देखिए पनि खासमा महामन्त्री कोइरालाको सिफारिसमा उनी सांसद हुन पाएको वालुवाटार स्रोत वताउँछ । 

आफूलाई ाचथैतर्फी प्रहार र घेरावन्दी गरिएपछि देउवाले पनि विशेष महाधिवेशन भएमा वा महासमिति बैठकमार्फत विधान परिवर्तन वा नेतृत्व परिवर्तन गर्ने अवस्था आएमा उनै कोइरालालाई कार्यवाहक बनाउने सोच बनाएका छन् । डा. शशांकलाई दाडका दीपक खड्का, पाण्डे, कोइराला परिवारका सदस्य, विश्वप्रकाश शर्मा लगायतले समर्थन गर्दैछन् । 

डा. शशांकलाई कार्यवाहक सभापति बनाएपछि देउवाले आरजूलाई भने महामन्त्री बनाउनु पर्ने सर्त अघि राखेका छन् । डा. शसांकले पनि सुजतालाई उपसभापति बनाउनु पर्ने प्रस्ताव गरेका छन् । 

भित्र भित्रै महामन्त्री कोइराला र देउवाको गोप्य सहमति भएको थाहा पाए पछि रामचन्द्र पौडेलको भने निद हराम भएको छ । अनि उनले पनि निधि, सिटौला, खड्का वा केसीले समर्थन नगरेपनि आफूले पूर्ण समर्थन गर्ने भनेर नयाँ प्रस्ताव वालुवाटार पुर्याएको चर्चा बोहोराटारमा चलेको छ । देउवासँग कोइराला मिलेको सूचना भित्र भित्रै भूषको आगोजस्तै सल्किएपछि केसी सिटौला र गगन थापाहरूले महामन्त्री डा.शसांक कोइरालालाई खोपीको देउता भनी जिस्काएका छन् । शशांकको भूमिकाबाट डा. शेखर कोइराला समेत क्रुद्ध र असन्तुष्ट बनेका छन् । 


Post a Comment

0 Comments