Subscribe Us

प्रधानमन्त्रीको ब्ल्याक लिष्टमा आइजी

काठमाडौं । प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा विफ्रिङ गर्न सकेका छैनन् ।

प्रधानमन्त्री भएकै भोलीपल्ट दिउँसो समय लिएर बधाई तथा सुरक्षा व्रिफिङ दिन भनेर बालकोट पुगेका अर्यालले मुस्किलले ५ मिनेट समय पाएका थिए । 

ओली निवास पुगेका अर्यालले संक्षिप्त सुरक्षा व्रिफिङका लागि २० मिनेट समय माग गरेका थिए तर उनले समय पाएनन् । पहिलो भेटमै ओलीले अहिले समय छैन पछि आउनु होला भनेपछि उनी लुरूक्क परेर फर्किए ।

प्रधानमन्त्री भएकै दिन वा त्यसको भोलीपल्ट नयाँ प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखले बधाइसँगै आधाघण्टा सुरक्षा व्रिफिङ गर्ने चलन हुन्छ तर ओलीलाई उनले समय नै दिएनन् । त्यसै दिन सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठ र नेपाली सेनाका प्रमुखले भने संक्षिप्त अनौपचारिक व्रिफिङ गरिसकेका छन् । 

प्रधानमन्त्री ओली बालुवाटार सरकारी निवास सरेपछि पनि आइतबार प्रहरी प्रमुख अर्यालले समय मागेका थिए तर ओलीले भेट्न चाहेनन् । ओली सचिवलयले पनि सकारात्मक जवाफ नदिएपछि प्रहरी प्रधानकार्यालयमै फर्किएका थिए । सोमबार सरकारी विदा भएका कारण विदाको दिन सरकारी अधिकारीहरूलाई नभेटने भन्दै ओली सचिवालयले प्रहरी प्रमुख अर्याललाई समय दिएको छैन । प्रहरी प्रमुखका रूपमा प्रकाश अर्यालले गरेको कामकारवाहीबाट प्रधानमन्त्री ओली असन्तुष्ट रहेकै कारण उनले भेटघाटको अवसर समेत नपाएको ओली निकट स्रोतले जनाएको छ ।

एमाले सभासद् समेत रहेका पूर्वडिआइजी नवराज सिलवालाई फँसाउन गरिएको अबैध हर्कतका कारण सिंगो एमाले पार्टी नै प्रकाश अर्यालसँग असन्तुष्ट रहेको छ । ‘कानुनी र विधिको शासनमा प्रहरी प्रमुखको हैसियतले एक जना व्यक्तिमाथि मात्र नभएर पार्टीलाई नै सिध्याउने गरी गरेको व्यवहारका कारण प्रधानमन्त्री ओली प्रकाश अर्यालसँग असन्तुष्ट बन्न पुगेका हुन् । 

अर्यालले प्रहरी संगठनकै छविलाई धमिल्याउने काम गरेका छन्’, ओली निकट एक नेताले भने ‘अर्यालले आफू सुध्रिएको नाटक गरेपनि उनीप्रति अध्यक्षकै मात्र होइन सिंगो पार्टी नै विश्वास गरेको छैन त्यसकारण उनीबाट प्रहरी संगठनले बदनामी कमायो प्रहरी संगठनलाई विभाजित गरेको छ ।’ 
जबकि प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरूले भेटघाट गर्न कुनै प्रकारको समय लिइरहनु पर्देन । उनीहरूका लागि २४ सै घण्टा ढोका खुला रहनेछ तर प्रधानमन्त्री ओलीले उनलाई अहिलेसम्म भेट्ने इच्छा मात्र होइन कुनै पनि प्रकारको चासो दिएका छैनन् ।
उनी बाहेका एआइजीहरूले समय लिएरै भेटघाट गरिसकेका छन् । जथाभावी सरूवा नयाँ सरकार बन्नै लाग्दा उनले काठमाडौ प्रहरी परिसर मातहतका निकायमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवको सल्लाहमा प्रहरी प्रमुख सरूवा गरिदिए । दरबारमार्ग बाहेक अन्य स्थानमा देउवकै निर्दैशनमा सरूवा गरिदिएर चाकडीबाजको नमुना बने ।

 नयाँ सरकार बनेपछि भने पुस्पकमल दाहलको चाकडी गर्दे दरबारमार्ग वृत्तमा उनकै सुरक्षा गार्ड प्रमुख रहेका दानबहादुर मल्ललाई पठाइदिए । काठमाडौ परिसरमा विश्वराज पोखरेलसँगै मुद्धा शाखामा मोहन थापालाई पठाइदिए । त्यहा पूर्व डिआइजी एवं एमाले सांसद नवराज सिलवालको मुद्धा थियो । त्यसलाई आदलता पठाउन उनीहरूलाई परिसर पठाइएको थियो । अन्नत त्यो सफल हुन सकेन । अन्य स्थानमा भने देउवकै निर्देशनमा सरूवा गरिदिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायब उपरीक्षक(डिएसपी)अमरेन्द्रबहादुर सिंहलाई पठाएको छ। सिंहलाई रामेछाप जिल्लाको इन्चार्जको रूपमा सरूवा गरेको हो । रामेछापका डिएसपी कुमोद ढुङगेललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा सरूवा गरेको छ । एक वर्ष अवधि पुगेकाले नियमित सरूवा गरिएको भनिएपनि आफू निकटकालाई छानी छानी सरूवा गरिएको हो । रामेछापका इन्चार्जको रूपमा डिएसपी ढुङगेलले जिल्लाको सैंपुमा भएको बलात्कारपछि हत्या घटनाका अभियुक्त श्याम राउतलाई भारतबाट पक्राउ गरी ल्याएको घटना सबैभन्दा ठुलो सफलता थियो । उनलाई रूपेन्दहीमा सह इन्चार्ज बनाएर पठाइएको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दानबहादुर मल्ललाई सरूवा गरिएको छ । उनी प्रचण्डका सुरक्षा गार्ड प्रमुख थिए । प्रधानमन्त्री ओलीको सुरक्षा गार्ड प्रमुखमा भने सानुराम भटटराईलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भने कसैलाई पठाइएको छैन । बलात्कर प्रकरणमा मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी बिद्यानन्द माझी निलम्बनमा परीसकेका छन् । प्रहरी प्रधान कार्यालयले ओखलढुङगाको प्रहरी प्रमुखका रूपमा डिएसपी अनन्त शर्मालाई पठाएको छ । 

ओखलढुङगामा कार्यरत डिएसपी अर्जुन तिमल्सिना विनाकारण सरूवा गरिएको हो । नवराज सिलवालाई सुचना चुहाएको पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थीलाई कारवाही गरी प्रहरी प्रधानकार्यालय तानिएको छ । नेपाली नागरिक अपहरण गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको बहाना बनाइ उनलाई कारवाही लागि प्रहरी प्रधान तानिएको हो ।

Post a Comment

0 Comments