Subscribe Us

भारतिय दुतावासको दबाबमा ईन्सपेक्टरको सरुवा,
आरोप प्रमाणित भए फाँसि चढ्न तयारः ईन्सपेक्टर पन्थी

ललितपूर । महिला बन्धक बनाउने भारतिय नागरिक रवि सिंहलाई पक्राउ गर्दा पुल्चोक प्रहरी प्रभागका इन्सपेक्टर गोबिन्द पन्थी प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएका छन । दुई महिना अगाडी ललितपुरमा श्रीमानलाई कुटपिट गरी श्रीमतीलाई बन्धक बनाउएको आरोपमा सिंह पक्राउ परेका थिए । 

उनलाई गत विहीबारदेखि हेडक्वाटरमा हाजिर हुने गरी काज सरुवा गरेको हो । स्रोतका अनुसार पुल्चोककी निता डंगोललाई बन्धक बनाउने भारतीय नागरिक सिंहलाई पक्राउ गरेको कारण देखाउँदै हेडक्वाटरले उनलाई तानेको हो । गत कात्तिक २४ गते सिंहले नितालाई बन्धक बनाएका थिए । 

सिंहलाई पक्राउ गरेपनि भारतिय दुतावासको दबाबमा ललितपुर प्रहरी परिसरले मुद्दा अघि बढाउन सकेको थिएन् । उच्च प्रहरी स्रोतका अनुसार सिंहले आफू पक्राउ परेपछि भारतीय दुतावासमा निवेदन दिएका थिए । ‘भारतीय दुतावासले पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले पन्थीलाई तानेको हो । 

आफ्नै डेरामा बन्धक बनाइएकी नितालाई प्रहरीले ७ घन्टापछि उद्धार गरेको थियो ।  ललितपुरको पुल्चोकस्थित एक घरमा बन्धक बनाइएकी नितालाई तत्काल पुल्चोक प्रहरीले उद्धार गरेको थियो । सिंहले पहिला निताको श्रीमान दिलिपलाई पुल्चोकबाट नियन्त्रणमा लिइ कुटपीट गरेको र पछि डेरामा गएर नितालाई बन्धक बनाई राखेका थिए ।


Post a Comment

0 Comments